
१८ बैशाख, सुर्खेत । अन्तर्राष्ट्रिय श्रमिक दिवस नेपाल ट्रेड युनियन काँग्रेस सुर्खेतले पनि १३०औं अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाएको छ । दिवसको अवसरमा स्थानिय मंगलगडी चोक बाट र्र्यालीसहित बजार परिक्रममा गरी नेपाली काँग्रेस पाटी कार्यालयमा पुगेर सभामा परिणत भएको हो ।
सभामा ट्रेड युनियनका प्रतिनिधिहरुले श्रमिकका हक अधिकार अझैपनि कागजमै सिमित गुनासो गरेका छन् । उनिहरुले हरेक आन्दोलनमा श्रमिकहरुको योगदान महत्पुर्ण रहेको भन्दै नेपाली मजदुरले अलि पनि न्युनतम ज्यालमा काम गर्न बाध्यभएको बताएका छन् ।
सरकारले सबै श्रमिकलाई सामाजिक सुरक्षाको दायरामा ल्याउने उद्देश्यले सामाजिक सुरक्षा योजना ल्याएपनि त्यसको काम प्रभावकारी हुन नसकेको बताएका छन् ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य हृदयराम थानीले ट्रेड युनियन बलियो भएमात्र काँग्रेस बलियो हुने दाबी गर्नुभयो । उहाँले श्रमिकको हक अघिकारको लागि लड्ने पाटी काँग्रेस मात्र भएको ठोकुवा गर्दै अहिलेको सरकार मजदुरको हित विपरित कार्यमा लागेको आरोप लगाउनु भयो ।
नेता थानिले काँग्रेसका भातृ संगठनहरुलाई सक्रिय भएर लाग्न सुझाँब दिदैँ विगतका दिनमा भन्दा आगामी दिनमा श्रमिकहरुलाइ थप चुनौती रहेको भन्दै जस्तो सुकै चुनौतीलाई सामना गर्न तयार रहन आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाली काँग्रेसका केन्द्रिय सदस्य डाक्टर डिला संग्रौलाले वर्तमान सरकार मजदुरहरुलाई दमन गर्ने कार्यमालागि परेको भन्दै अव मजदुरहरु जाग्ने बेलाएको बताउनुभयो । प्रतिनिधिसभा सदस्य समेत रहनुभएका संग्रौलाले सबैको अघिकार सुनिश्चत गर्ने पाटी काँग्रेस मात्र भएको भन्दै ट्रेड युनियनको अधिकारको लागी आफुहरुले संसदमा कुरा उठाएको बताउनुभयो ।
यस्तै कार्यक्रममा प्रदेशसभा साँसद अमृता शाहीले मजदुरहरुको हकहितको लागी आफ्ना श्रीमान संस्थापक अध्यक्ष गणेश शाहीको महत्वपुर्ण योग्दान रहेको भन्दै उहाँको योगदानको कदर गर्न आग्रह गर्नुभयो भयो ।
कार्यक्रममा नेपाली काँग्रेस सुर्खेतका सभापती कमलराज रेग्मीले मजदुरहुको हक अधिकार प्राप्तिको लागी अहिलेको सरकार गम्भिर बन्न नसकेको उल्लेख गर्नुभयो । उहाँले मजदुरहरुको अबस्था जटिल रहेको भन्दै काँग्रेस निकट भातृ संगठनहरु जिम्मेवार भएर प्रस्तुत हुन आग्रह गर्नु भयो ।
कार्यक्रममा ट्रेड युनियन काँग्रेसका केन्द्रिय उपाध्यक्ष अजयकुमार राइले ट्रेड युनियन कमजोर नरहेको स्पस्ट पार्दै सबै एकजुट हुनुपर्ने आवश्यकता रहेको बताउनुभयो । उहाँले सरकार गठन भएको एकबर्ष पुरा हुदाँ समेत सरकारले मजदुरको पक्षमा कुनैकाम नगरी अन्य काममा अल्मलिएको आरोप लगाउनुभयो ।
यस्तै पूर्व पार्टी सभापती एवम पुर्व राज्यमन्त्री तप्तबहादुर बिष्टले नेपालको इतिहासमा मजदुर आन्दोलनको विशेष महत्व रहेको भन्दै श्रमजिविको पक्षमा आवाज उठाउन सबै संगठनहरु एकजुट हुनुपर्नेमा जोड दिनुभयो । उहाँले मुलुकको आर्थिक विकासको लागि पनि उद्योग धन्दाको विकास र श्रमिकहरुको संरक्षण हुनु पर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा नेपाल राष्ट्रिय शिक्षक महासंघका उपाध्यक्ष तिर्थजंग शाही,नेपाल ट्रेड युनियनका केन्द्रिय सदस्य जयबहादुर बिसी लगायतले श्रमिकको हक अधिकारको लागि एक जुटहुन आबश्यक रहेको औल्याउनु भयो । कार्यक्रममा नेपाल ट्रेड युनियन सुर्खेतका अध्यक्ष गणेश कार्कीको अध्यक्षतामा सम्पन्न भएको थियो ।
Milan Shrestha । १८ बैशाख २०७६, बुधबार १८:३६ बजे