यसरी ‘अन’ गर्नुस् म्यासेन्जरको SMS फिचर


फेसबुक म्यासेन्जरबाट ‘एसएमएस’ (SMS) पठाउन सकिने भएको छ। मंगलबार कम्पनीले यसको घोषणा गरेको थियो।
बुधबारबाट यो फिचर धेरै जसो देशमा एन्ड्रोइड प्लेटफर्ममा उपलब्ध हुने कम्पनीले जनाएको थियो। यो फिचर आफैँ एक्टिभेट (Activate) हुँदैन।
यसका लागि सबैभन्दा पहिला म्यासेन्जरको लेटेस्ट भर्जन हुनु पर्छ। त्यसपछि सेटिङमा गएर केही परिवर्तन गर्नुपर्छ।
यसका लागि
timthumb
म्यासेन्जर एपको सेटिङमा जाने।
दिइएका विकल्प मध्ये SMS मा क्लिक गर्ने।
अन्त्यमा डिफल्ट SMS एपमा क्लिक गरेर अन (On) गर्ने।
साभारः सेतोपाटी अनलाइन