आफ्नो डिभाइसको क्यामेराबाट पनि टेक्स्ट ट्रान्सलेट गर्नुहोस्


आफ्नो फोनको क्यामेराको मद्दतबाट आफुले नबुझेको भाषालाई तत्काल आफुले चाहेको भाषामा ट्रान्स्लेट गरेर हेर्न सकिन्छ । यसको लागि गुगल ट्रान्सलेट एपको  आवश्यकता हुन्छ ।

  • सबैभन्दा पहिले तपाईको स्मार्टफोनमा गुगल  ट्रान्सलेट एप हुनु पर्छ
  • ट्रान्सलेट एप खोलेपछि स्क्रिनको माथि दायाँ पट्टिको सबै भन्दा कुनामा आफुले ट्रान्सलेट गर्न चाहेको टेक्स्ट कुन भाषामा छ, त्यो छनोट गर्नुहोस् ।
  • त्यसपछि दायाँपट्टि माथिल्लो कुनामा त्यो टेक्स्टलाई आफुले कुन भाषामा परिवर्तन गर्ने हो त्यो भाषा छनोट गर्नुहोस् ।
  • ट्रान्सलेट एपमा देखाइएको क्यामेरा आइकन खोल्नुहोस त्यसपछि देखिएको टेक्स्टलाई क्यामेराले पोइन्ट गर्नुहोस् ,स्क्रिनमा तपाइले उक्त भाषाको  ट्रान्सलेसन देख्न सक्नुहुनेछ ।
  • पज गरेर ट्रान्सलेटेड टेक्स्ट हेर्नको लागि स्क्रिनको तल दायाँपट्टीको कुनामा रहेको पजमा थिच्नुहोस र रेजुम गर्नको लागि प्लेमा थिच्नुहोस् ।

साभारः आइसिटि अनलाइन