वीरेन्द्रनगरमा “असुस नेपाल भिजन २०२५” कार्यक्रम सम्पन्न,

कर्णालीमा डिजिटल विस्तारको नयाँ रणनीति सार्वजनिक


२१ असार, सुर्खेत । लामो समयदेखि कर्णालीमा सूचना प्रविधि सेवा दिँदै आएकोअसुस ल्यापटकालागि सुर्खेतकालागि आधिकारीक विक्रेता क्वीक कम्प्यूटर सोलुसनले प्रदेशको राजधानी सुर्खेतको वीरेन्द्रनगरमा ‘असुस नेपाल भिजन २०२५’ नामक विशेष कार्यक्रम सम्पन्न गरेको छ । सूचना प्रविधिको पहुँच विस्तार गर्ने उद्देश्यले आयोजना गरिएको कार्यक्रममा आईटी तथा इलेक्ट्रोनिक्स व्यवसायीहरु तथा शिक्षा क्षेत्रका प्रतिनिधिहरूको सहभागितामा कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा असुस नेपालका कन्ट्री म्यानेजर अविनाश भोस्ले, सेल्स म्यानेजर सञ्जय रौनियार र मार्केटिङ प्रमुख रमेश शाहले कम्पनीको भावी योजना तथा कर्णाली केन्द्रित रणनीतिबारे विस्तृत जानकारी दिनुभयो । कम्पनीका प्रतिनिधीहरुले असुसका प्रविधिसम्बन्धी उत्पादनहरूलाई कर्णालीमा कसरी अझ प्रभावकारी ढंगले प्रवर्द्धन गर्न सकिन्छ भन्ने विषयमा स्पष्ट खाका प्रस्तुत गरेका थिए ।

कन्ट्री म्यानेजर भोस्लेले भन्नुभयो, “कर्णाली प्रदेशमा सूचना प्रविधिको आवश्यकता तीव्र गतिमा बढिरहेको छ । हामी यहाँका विद्यार्थी, शिक्षक र व्यवसायिक प्रयोगकर्तालाई लक्षित गर्दै गुणस्तरीय ल्यापटप र प्रविधिसम्बन्धी सेवा पुर्‍याउनेछौं । स्थानीय साझेदारहरूसँग मिलेर सशक्त नेटवर्क निर्माण हाम्रो प्राथमिकता हुनेछ ।”

त्यस्तै कार्यक्रममा असुसको नेपालकालागि आधिकारिक विक्रेता नियोटेरिक नेपालका च्यानल पार्टनर उपाध्यक्ष योगेश रॉय तथा प्रोडक्ट म्यानेजर कौशल देवकोटाले कर्णालीको बजार अवस्थाबारे विश्लेषण गर्दै, यहाँ प्रविधिमा अपार सम्भावना रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा सहभागी व्यापारी तथा डिलरहरूले असुसको उत्पादन गुणस्तर, सेवा सञ्जाल र कर्णालीप्रतिको विशेष चासोलाई सकारात्मक रुपमा लिँदै आगामी दिनमा अझ सघन सहकार्य गर्ने प्रतिबद्धता जनाउँदै कार्यक्रमले कर्णालीमा डिजिटल समावेशीकरण र प्रविधिमा पहुँच विस्तारका लागि नयाँ दिशानिर्देश तय गरेको विज्ञहरूले टिप्पणी गरेका थिए ।