केन्द्रिय सदस्य सहित १३ जना प्रहरी नियन्त्रणमा


 

फाईल फोटो ।

माघ १८, सुर्खेत ।

नेपाल बिद्यार्थी संघका १३ जना कार्यकर्ताहरुलाई प्रहरीले कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरबाट पक्राउ गरेको छ । प्रधानमन्त्री र कर्णाली प्रदेशका मुख्यमन्त्रीको पुत्ला जलाएको र मुख्यमन्त्रीको गाडीमा माफिया सरकार मुर्दाबाद लेखेको आरोपमा उनिहरुलाई प्रहरीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा नेबिसंघका केन्द्रिय सदस्य द्वय हरिप्रसाद शर्मा र अनिलबहादुर शाही तथा अन्य कार्यकर्ताहरुमा गौतम बिसि, झक्कबहादुर शाही, रोशन बस्नेत, रामचन्द्र भण्डारी, बीरे खड्का, न्यूटन ओली, पीताम्बर ढकाल, रितुराज रिजाल, सुरेन्द्र जैसी, सुरेन्द्र काफ्ले र गोबिन्द सिजापतिलाई प्रहरीले पक्राउ गरेको हो ।

प्रधानमन्त्री र मुख्यमन्त्रीको पुत्ला जलाएपछि मध्यपश्चिम विश्वविद्यालयमा भएको झडपमा परी हरिप्रसाद शर्मा र अनिलबहादुर शाही घाइते समेत भएका छन् ।

यो पनि पढ्नुस

मुख्यमन्त्रीको पुतला दहन (फोटो फिचर)

नेविसंघले लेख्यो मुख्यमन्त्री शाहीको गाडीमा “माफिया सरकार मुर्दाबाद”

अराजक कृयाकलाप गर्नेलाई कारवाही गरिने