
१९ माघ,सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री जीवन बहादुर शाहीले मंगलगढी-काँक्रेबिहार सडकको अनुगमन गर्नुभएको छ । प्रदेश राजधानीमा निर्माणाधीन अवस्थाका सडकको मुख्यमन्त्री शाहीले बुधबार अनुगमन गर्नुभएको हो ।
वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ मंगलगढी-काँक्रेबिहार सडक निर्माण आयोजना अन्तर्गत मंगलगढी सत्यनारायण मन्दिर चोक हुँदै ऐतिहासिक एवंम् धार्मिक शिबमन्दिर सम्म निर्माण हुन लागेको सडकको अनुगमन गर्दै समयमै काम सम्पन्न गर्न मुख्यमन्त्री शाहीले निर्देशन दिनुभएको छ । विकास निर्माणका आयोजनालाई तोकिएको समयमा कार्य सम्पन्न गराउन नियमित अनुगमन गर्ने मुख्यमन्त्री शाहीले बुधबार सडक निर्माणको अनुगमन गर्नु भएको हो ।

मुख्यमन्त्री शाहीले मंगलगढी–काँक्रेविहार सडक, दैलेख रोड, शंकर चोक–पृतना गेट सडक, जिल्ला अदालत सुर्खेत अगाडी निर्माणाधीन सडक, ईत्रामस्थित मुख्यमन्त्री निवास नजिकैको सडक लगाएतका विभिन्न निमाणधिन बिकास योजनारुको अनुगमन गर्नुभएको छ ।



Milan Shrestha । १९ माघ २०७८, बुधबार १६:३० बजे