
माघ,२६ सुर्खेत । पश्चिमि वायुले ल्याएको न्युन चापिय प्रणालिका कारण नेपालको पश्चिम खण्डमा हिजो मध्यान्नपछि पुरै वादल लागेर पहाडि र तराईमा हल्का वर्षा तथा अधिकाशं हिमालि क्षेत्रमा हल्का हिमपात भै रहेकोछ ।

यसै गरी गए राती देखि परेको अबिरल बर्षाका कारण शुक्रबार राति देखि सुर्खेत जिल्लाको वीेरेन्द्रनगर नगरपालिका वडा नं.७,१२,१४,१५ र १६ वडाको केहि भागमा हिउँ परेको छ । स्थानीय वासीहरुका अनुसार आज भन्दा ३० बर्षपछि अघि अर्थात् बि.स. २०४४ सालमा मात्र यसरी सुर्खेत उपत्यका बाट प्रष्ट देखिने गरि हिउँ परेको थियो यती मात्र नभई स्थानिय गढीसम्म हिउँ परेको थियोे । भने अहिले रातानाङ्गला गुरांसेको न्युनतम तापक्रम १.५ डिग्रि सेल्सियस रहेको छ ।




Milan Shrestha । २६ माघ २०७५, शनिबार २१:४० बजे