ट्रेड युनियन कांग्रेस कर्णालीद्वारा मजदुरहरुलाई खाजा



मिलन श्रेष्ठ

११,जेठ सुर्खैत । नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले मजदुरहरुलाई खाजा वितरण गरेको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि सरकारले लकडाउन गरेपछि अहिले सबै तिर बन्द भएको छ, जसका कारण होटल–पसल नखुलेकाले यात्रामा रहेका मजदुरहरुलाई आईतबार(आज) खाजा बितरण गरेको हो ।

ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशका अध्यक्ष गोपाल कृष्ण गिरिका अनुशार, बिगत केहि दिन देखि यात्राकै क्रममा रहेका मजदुरहरुले खाना खान नपाएको भन्ने सुचना प्राप्त भएपछि जुम्ला जिल्लाको कनका सुन्दरीका २१ जना मजदुरहरुलाई चाउचाउ, पानी, चिप्स, बिस्कुट र फ्रुटी बिरतण गरिएका ह ।

यसै गरि नेपाल ट्रेड युनियन कांग्रेस सम्बद्ध युवा समिति प्रदेशका अध्यक्ष बालकृष्ण श्रेष्ठका अनुशार यस अघि पनि ट्रेड युनियनले लकडाउन शुरु भए पश्चात विभिन्न समयमा अलपत्र परेका मजदुरहरुलाई खाजा नास्ताको व्यवस्थापन सहित उनीहरुको गन्तव्य सम्म पुर्याउने कार्य गरिएको थियो भने आज पनि २१ जना मजदुरहरुलाई उनीहरुको घर पुग्दा सम्ममका लागी पर्याप्त खाजा दिईएको बताउनु भयो ।

उधोग बाणिज्य संघ सुर्खेका महासचिव लक्ष्मण कडेंले जसरी ट्रेड युनियनले दुखमा रहेको मजदुरहरुलाई कानुनी सल्लाह सहित आर्थिक सहयोग र उनीहरुको पक्षमा वकालत गर्ने कार्य मात्र नभई यसरी खान नपाएर अलपत्ररुपमा यात्रा गरिरहका मजदुहरुलाई उनीहरुको आवश्यकता अनुशार भोक टार्न सहयोग गरेको प्रति धन्यबाद व्यक्त गर्दे हालको अवस्थामा सबै पक्षबाट सहयोगको अपेक्षा राखेको समेत बताउनु भयो ।

नेपाल ट्रेड युनियन कांग्रेस कर्णाली प्रदेशले भारतको दार्चुलाबाट मजदुरी गरि आएका जुम्ला जिल्लाको कनकासुन्दरी वडा नं ६ का २ जना महिला र १९ जना पुरुष गरि कुल २१ जनाको समुहलाई खाजा सहयोग गरेको हो सोहि स्थानका कर्णबहादुर कामिले आफुहरुले दार्चुला देखि यात्रा गरे पश्चात खानाका लागि सुर्खेत पुग्दा सम्म कसैले पनि सहयोग नगरेको तर यसरी आफुहरुलाई खाजा सहित पानीको व्यवस्था गरिदिएकोमा ट्रेड युनियन कांग्रेसलाई धन्यबाद व्यक्त गर्दे अब भोकै यात्रा गर्नु पर्ने बाध्यता कम भएको समेत बताउनु भयो ।