कर्णाली प्रदेशमा पनि हाम्रो आवश्यकता छः पोख्रेल


नेपाल राष्ट्र वैक निमित्त निर्देशक नारायण पोख्रेल .

सुर्खेत ११, फागुन
नेपाल राष्ट्र वैक निमित्त निर्देशक नारायण पोख्रेलले अब कर्णाली प्रदेशमा पनि राष्ट्र बैकको उपस्थितीको आवश्यकता रहेको बताउनु भयो । अमेरिकी सहयोग नियोग (यू.एस.ए.आई.डि.) को आर्थिक सहयोग, कृषि, स्वास्थ्य तथा वैकल्पिक जीविकोपार्जन प्रवद्र्धन कार्यक्रम पहलको व्यस्थापन तथा सुन्दरनेपाल संस्थाको सहजीकरणमा संचालित पहल परियोजनाले शनिवार वीरेन्द्रनगरमा आयोजना गरेको एक कार्यक्रमा यस्तो बताउनु भएको हो ।


एक दिने कार्यशाला गोष्ठीमा पोख्रलले, किसानहरुका लागि सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान कार्यक्रम लागु गरेको छ । बैंकले ७ वटा क्षेत्रहरुका लागि ५ करोड रुपैया सम्म सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान दिइने नेपाल राष्ट्र वैंक नेपालगञ्जका निमित्त निर्देशक नारायण पोख्रेलले जानकारी दिनुभयो । राष्ट्र वैकले व्यवसायिक पशुपन्छी तथा कृषि, शिक्षित युवा स्वरोजगार, विदेशबाट फर्केका युवा परियोजना कर्जामा सहुलियतपुर्ण कर्जाका लागि व्याज अनुदान दिइएको पोखरेलले जानकारी दिनुभयो । यस्तै महिला उद्यमशिलता, दलित समुदाय व्यवसाय विकास, उच्च प्राविधिक तथा व्यवसायिक शिक्षा र भुकम्प पिडितहरुको निजी आवास निर्माणमा अनुदान उपलव्ध हुने छ ।
कृषि स्वास्थ्य तथा वैकल्पिक जिविकोपार्जन प्रवद्र्धन (पहल) कार्यक्रमको सहयोगमा सुन्दर नेपाल संस्थाले सुर्खेतको विरेन्द्रनगरमा शनिवार आयोजित थोक कर्जा वितरक तथा सहकारी संस्थाहरुवीच समन्वय गोष्ठीमा वोल्दै पोखरेलले आगामी असार महिना देखि राष्ट्रवैंकले सञ्चालन गर्दै आएको ग्रामिण स्वावलम्वन कोष वन्द हुन लागेको जानकारी दिनुभयो । “हामीले गर्ने काम अन्य लघु वित्त र वैंकहरुले गरिरहेका छन यो कोष वन्द गर्ने निर्णय भइसकेको छ ।” पोखरेलले भन्नुभयो ।

 


कार्यक्रममा वोल्दै पहल कार्यक्रम क्षेत्रिय कार्यालय नेपालगञ्जका वरिष्ठ क्षेत्रिय वित्तिय सेवा अधिकृत विश्व श्रेष्ठले पहल कार्यक्रम लागु भएका ७ वटा जिल्लाका २० हजार वढि किसानहरुलाई वित्तिय सक्षरता कक्षामा सहभागी गराइएको जानकारी गराउदै यसबाट सहकारी संस्थाको शेयर सदस्य वद्धिमा सहयोग पुगेको जानकारी दिनुभयो । “सहकारीका शेयर सदस्यहरुको वढ्दो ऋण मागलाई सम्वधोन गर्न थोक कर्जा प्रवाह गर्ने संस्थाहरुसंग समन्वय गर्न आवश्यक छ यसका लागि आफनो सहकारी संस्थासंग उपयुक्त थोक कर्जाप्रदायक संस्थाहरुसंग समन्वय गर्नुस् ।” श्रेष्ठले भन्नुभयो ।

यस्तै कार्यक्रममा वोल्दै सुन्दर नेपाल संस्थाका अध्यक्ष हेमप्रकास भुसालले सहकारी संस्थाबाट वितरण गरिएको ऋण दुरुपयोग हुन नदिनेतर्फ सहकारी संस्थाहरु सजग हुन आग्रह गर्नु भयो । “सहकारी संस्थाहरुले ग्रामिण समुदायमा ठुला उद्योगहरु तत्काल सञ्चालन गर्न सक्ने अवस्था छैन त्यसैले आफनो कार्यक्षेत्र भित्रको अवस्थालाई मध्यनजगर गरी व्यवसायिक कृषि तथा पशुपालनमा लगानी वढाउनुस ।” अध्यक्ष भुसालले भन्नुभयो ।

कार्यक्रममा थोक कर्जा वितरक संस्था राष्ट्रिय सहकारी विकास वैंक का सागर नाथ योगी, आरएमडिसी लघुवित्तिय लघुवित्त संस्थाका शुशिल घिमेरे साना किसान लघुवित्ति नवराज डाँगी आले, आरएमडिसीका शुसिल घिमेरे, केन्द्रीय वचत तथा ऋण सहकारी संघका छत्र धमालाले थोक कर्जा सम्वन्धी प्रस्तुती प्रस्तुत गर्नु भएको थियो ।

कार्यक्रममा ७ जिल्लाका २८ वटा सहकारी संस्थाका पदाधिकारीहरुको सहभागीता रहेको कार्यक्रमको सञ्चालन सेवक दैलखका वित्तिय सेवा अधिकृत सिपी शर्माले गर्नु भएको थियो ।