युवासंघ केन्द्रीय सदस्य माथि खुकुरी प्रहार गर्ने पक्राउ


santosh-budhathoki-580x600
(फाइल फोटो)

२२ पौष । प्रहरीले बाँकेको कोहलपुरमा युवासंघ नेपालका केन्द्रीय सदस्य सन्तोष बुढाथोकीमाथी खुकुरी प्रहार गर्ने मुख्य आरोपीलाई बालाजुबाट नियन्त्रणमा लिएको छ । बुढाथोकी माथि पुस १४ गते कोहलपुर नगरपालिका–१० विद्युत् रोडनजिकै लक्ष्मण मल्ल सहितको समुहले  खुकुरी प्रहार गरेका थिए ।

अञ्चल प्रहरी कार्यालय भेरीका प्रमुख एसएसपी धिरु बस्न्यातले घटनाको अनुसन्धानमा मल्लको संलग्नता देखिएपछि पक्राउ गरिएको बताए । उनका अनुसार घटना पछि बाँकेबाट भागेर काठमाडौं आएका मल्ललाई घटनाको अनुसन्धान समुहले पक्राउ गरेको हो । मल्ललाई  अहिले महानगरीय प्रहरी बृत बालाजुको हिरासतमा राखिएको छ ।

साभारः नागरिकअनलाइन