
१४ फागुन, सुर्खेत । आठौँ राष्ट्रिय खेलकुद छनौट अन्तरगत कर्णाली प्रदेशको फुटबलको फाईनलमा सुर्खेत र हुम्ला भिड्ने भएका छन् । आज भएको सेमिफाईनलमा सुर्खेतले कालिकोटलाई पराजित गर्दै फाईनलमा आफ्नो स्थान पक्का गरेको हो ।
सुर्खेतले कालिकोटलाई ६ का विरुद्ध १ गोल अन्तरले हराउदै फाईनलमा आफ्नो स्थान सुरक्षित गरेको हो । क्वाटरफाईनलमा जुम्लालाई हराएको सुर्खेत लगातार जित हात पार्दै जित नजिक पुगेको छ । यस्तै लिग चरणका खेलमा दैलेखलाई हराएको हुम्ला सेमिफाईनलमा मुगुलाई हराउदै फाईनल प्रवेश गरेको छ ।
वीरेन्द्रनगरको रंगशालामा भएको खेलमा मुगुलाई ३-१ गोल अन्तरले पाखा लगाउदै हुम्लाले सुर्खेत संगको भिडन्त पक्का गरेको हो । यस्तै तेस्रो स्थानको लागि भोली नै कालिकोटले मुगुको सामना गर्ने भएको छ ।
यता एथ्लेटिक्समा सुर्खेत प्रथम भएको छ भने जुम्ला दोस्रो स्थान ओगट्न सफल भएको छ । यस्तै व्याडिमन्टिनको पुरुष तर्फ सुर्खेतका निरन्जन चौधरी प्रथम हुनु भएको छ । आज भएको खेलमा सुर्खेतका नरेन्द्रबहादुर बम दोस्रो हुदाँ सुर्खेत कै टक्कबहादुर शाही तेस्रो बन्नु भएको छ ।
यता महिला तर्फ पनि सुर्खेतका सामना भटराई प्रथम हुनुभएको छ भने सुर्खेतका अग्रीमा भन्डारी दृतिय हुदाँ सुर्खेतकै पुष्पा शाही तृतिय स्थान हासिल गर्न सफल हुनुभएको छ।



Prawash Kumar Shakya । १४ फाल्गुन २०७५, मंगलवार २१:२७ बजे