
२७ फागुन, सुर्खेत । वीरेन्द्रनगर नगरपालिका वडा नं ९ ले आज एक कार्यक्रमको आयोजना गरि वडामा रहेका ७० बर्ष नाघेका बृद्धबृद्धाहरुलाई सम्मान गरेको छ । वडामा रहेका ३१ वटा टोल विकास संस्थाहरुको समन्वयमा बृद्धबृद्धाहरुलाई सम्मान गरिएको हो ।
बृद्धबृद्धाहरुलाई सम्मान गर्दै वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदीले बृद्धहरुलाई सम्मान गर्नु नै महत्वपूर्ण कार्य भएकोले वडाले गरेको कार्यको प्रशंसा गर्दै उहाँले बृद्धहरुको स्वास्थ्य, सुरक्षा एवं सहज यात्रा तर्फ केन्द्रित रहेर कार्यक्रमहरु नगरसभामा लैजाने बताउनुभयो ।

त्यस्तै बृद्धबृद्धाहरुलाई सम्मान गर्दै वडा नं ९ का वडा अध्यक्ष सुरेश मानन्धरले वडामा रहेका बृद्धबृद्धाहरुलाई सम्मान गर्न पाउनु नै गौरवको विषय भएको बताउनुभयो ।
सम्मान कार्यक्रम संगै वडा कार्यालयले बृद्धहरुको आँखा जाँच, दन्त परिक्षण र स्वास्थ्य चेकजाँच ओड्ने कपडा तथा खाना भोजन गराइएको वडा सचिव देवप्रसाद मुलेलले जानकारी दिनुभयो ।



Milan Shrestha । २७ फाल्गुन २०७५, सोमबार २१:३८ बजे