कार्यकर्ता पक्राउको विरोधमा नेपाल मजदुर किसान पार्टी सुर्खेत


१६ माघ, सुर्खेत । नेपाल मजदुर किसान पार्टी सुर्खेतले आज एक प्रेस विज्ञप्ती जारी गर्दै आफ्ना कार्यकर्ताहरु पक्राउ गरिएकोमा विरोध जनाएको छ ।

विज्ञप्तीमा मालपोतमा सेवाग्राहीहरुले पाउने सेवासुविधामा हुने ढिलासुस्ती लगाएका जनगुनासोहरुका बारेमा मालपोत प्रमुख संग छलफल गर्ने क्रममा पञ्चायती शैलीमा सुर्खेतका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीको ठाडो आदेशमा पार्टी सुर्खेतका कोषाध्यक्ष गोविन्दनाथ योगी, सदस्यहरु गणेश खड्का, गगनाथ योगी, यामनाथ योगी र सिर्जु शाही छापामार शैलीमा धरपकड गरि नियन्त्रणमा लिएकोमा विरोध जनाएको छ ।

विज्ञप्तीमा अनावश्यक पक्राउ परेका पार्टीका कार्यकर्ताहरुको शिघ्र रिहाई माग गर्दै भ्रष्टाचारि मानसिकताबाट ग्रसित कर्मचारीतन्त्रले जनताको काम भन्दा शुभलाभलाई महत्व दिने गरेको कृयाकलाप तत्काल बन्द गरि सहजरुपमा सेवा दिन मालपोत कार्यालय सम्पूर्ण निकायको ध्यानकर्षण गरिएको जनाइएको छ ।