
४ फाल्गुण, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतमा २०६४ सालमा दर्ता संचालनमा आएको कोपिला भ्याली सेवा समाज भोली (आइतवार) देखि वीरेन्द्रनगर १ मा आफ्नै भवनबाट संचालन हुने भएको छ ।
अनाथ, गरिव बालबालिका तथा असहाय महिलाहरुको सिप विकास सम्वन्धी काम गरि रहेको कोपला भ्याली सेवा समाजले आफ्नै भवन निर्माण गरेको हो ।
समाजले २०६७ सालमा कोपिला भ्याली स्कूल सञ्चालन गरि हाल सम्म करिव ४ सय ५० जना बालबालिकाहरुलाई निःशुल्क शिक्षा र परामर्श दिदै आइरहेको आज आयोजित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो ।
समाजले निर्माण गरेको नयाँ भवनमा वातावरण मैत्री, भूकम्प प्रतिरोधी, सौर्य उर्जा, बायो ग्यास र र्रयामड अर्थ आदी प्रविधीमा विश्वभरका विद्यालयहरुकालागि वातावरण मैत्रीको अनुपम विद्यालय बन्ने विश्वास लिएको संस्थाका अध्यक्ष टोपबहादुर मल्लले बताउनुभयो ।
“हामीले करिव ३ करोडकको लागतमा भवन बनाएका छौ । भवन क्षेत्रमा १ सय जातका फलफूलका विरुवा वृक्षारोपण गरिएको छ ” कोपिला भ्याली स्कूलका प्रिन्सिपल नइम चौधरीले बताउनुभयो ।
अन्तराष्ट्रिय गैरसरकारी संस्था BlinkNow Foundation तथा २६ जना डोनरहरुबाट सञ्चालित स्कूलमा अहिले स्थाई र अस्थाई गरि १ सय ५ जनाले रोजगार पाइरहेका छन् । प्रिन्सिपल चौधरीले बताउनुभयो ।
हामीले २५ किलोवाटको सौर्य विजुली पनि उत्पादन गरेका छौ र त्यो विजुली सरकारलाई समेत दिएका छौ त्यस्तै बर्षाको पानी ३ लाख लिटर संचय गरि प्रसोधन गर्ने प्रविधी शुरु गरि सकेको प्रिन्सिपल चौधरीले भन्नुभयो ।
Prawash Kumar Shakya । ४ फाल्गुन २०७५, शनिबार १६:३१ बजे