मनिषाको हत्या नै भएको प्रहरीको निष्कर्ष, को हुन मूख्य अभियुक्त ?


प्रेमी आशिषविरुद्ध अदालतमा ज्यान मुद्दा

नवलपरासी, ६ असार । राष्ट्रिय फुटबलर विमल घर्तीमगरकी बहिनी मनिषा घर्तीको हत्या नै भएको प्रहरीले निष्कर्ष निकालेको छ ।

जेठ १२ गते राति आमा घरमा नभएको अवस्था मनिषाको नवलपरासीस्थित घरमै हत्या भएको थियो । जेठ १३ गते विहान आमा घर फर्किदा छोरी मृत अवस्थामा फेला परेकी थिइन् ।

मनिषा मृत फेला परेलगत्तै प्रहरीले उनका प्रेमी आशिष भन्ने रुद्रनारायण चौधरीलाई पक्राउ गरी अनुसन्धान सुरु गरेको थियो ।

झण्डै तीन हप्ता लामो अनुसन्धानपछि घटनास्थलमा फेला पारेको प्रमाण र सोधपुछ तथा छानविनको आधारमा प्रहरीले मनिषाको हत्या नै भएको निष्कर्ष निकालेको हो ।

नवलपरासीका प्रहरी प्रमुख एसपी राजेन्द्र प्रसाद चौधरीले सम्पूर्ण अनुसन्धानले मनिषाको हत्या भएको देखाएको बताए । उनले भने– ‘घटनासँग सम्बन्धि सबै अनुसन्धान र प्रमाणले मनिषाले आत्महत्या गरेको देखाउँदैन् । उनको हत्या नै भएको हो ।’

को हुन् दोषी ?

Manisha-ashish

जिल्ला प्रहरी कार्यालय नवलपरासीका अनुसन्धान अधिकृत इन्सपेक्टर प्रकाश सापकोटाले मनिषाको हत्या उनकै प्रेमी आशिषले गरेको बताए । ‘मनिषाको हत्या आशिषले गरेको अनुसन्धानले देखाएको छ । अनुसन्धान सकिएपछि हामीले घटनाको मिसिल सरकारी वकिल कार्यालयमा बुझाइसकेका छौं । आशिषविरुद्ध कर्तव्य ज्यान मुद्दा दायर हुन्छ ।’

इन्सपेक्टर सापकोटाले आशिषले नै मनिषाको हत्या गरेको थुप्रै प्रमाणहरु फेला परेको र त्यसलाई अदालतमा जस्ताको तस्तै पेश गरिने जानकारी दिए ।

साभारः दैनिकी नेपाल अलाइन