प्रदेश आइडलमा भए ७ जना सहभागी छनौट


चैत्र १०, सुर्खेत ।

सुर्खेतमा जारी प्रदेश आइडल अन्तर्गत आज सम्पन्न अनप्लग राउन्डबाट निर्णायक मण्डल र लाइभ भोटिङ्गको आधारमा ७ जना सहभागी छनौट भएका छन् । छनोट हुनेमा महेन्द्र बिक, बिराज थापामगर, हिक्मत शाही, रवी ओड, सागर हमाल, पेमा सन्दुक लामा, खाँडजी परियार रहेका छन् ।

पहिलो राउण्डका १० जना मध्ये निर्णायक मण्डल र लाइभ भोटिङ्ग गरी ७ प्रतिस्पर्धी छानिएको सिङ्गारो म्युजिक प्रा.लि.का प्रवन्धक निर्देशक विशाल ढकालले जानकारी दिनुभयो । अनप्लग राउन्डबाट छ्नोट भएका ट्प ७ प्रतिस्पर्धीहरु आगामी चैत्र १७ गते हुने सेमिफाइनलमा सहभागी हुने उहाँले बताउनु भयो ।
कर्णाली प्रदेशमा लुकेर बसेका प्रतिभाहरुको उजागर गर्न आयोति प्रदेश आइडल कार्यक्रममा प्रथम हुनेलाई नगद रु. ३ लाख, दाश्रो हुनेलाई २ लाख, तेस्रो हुनेलाई एक लाख र सान्त्वना हुनेलाई ५० हजार पुरस्कारको ब्यबस्था गरीएको आयोजकले जनाएको छ ।