सुर्खेत, ७ आषाढ ।
माझी उत्थान संघ सुर्खेतको क्षमता अभिबृद्धि तालिम सोमबार सम्पन्न भएको छ ।माझी उत्थान संघकी अध्यक्ष गौरा माझीको सभापतित्वमा नेतित्व बिकास तालिम सम्पन्न भएको हो ।
सोमबार सम्पन्न १ दिने तालिममा बोल्दै बिशेष अतिथि एवंम् नेपाल आदिवासी जनजाती समन्वयन परिषद सुर्खेतका का.बा. अध्यक्ष जीवनकुमार शाक्यले, आदिवासी जनजातीहरुको भाषा, सास्कृति र भेष भुषाहरुलाई बचाई राख्नु पर्नेमा जोड दिदै राज्यले समेत आदिवासीहरुको मागहरु सम्बोधन नगरी रहेको बेला आफ्नो सांस्कृतीहरुलाई नै भुल्यो भने हाम्रो एकतामा कमि आउने बताए । यसै गरी कार्यक्रमका प्रमुख अतिथी आदिवासी जनजाती जिल्ला समन्वय समिती सुर्खेतका उपाध्यक्ष पूर्णबहादुर रानाज्युले, देशको राजनीती परिवर्तन र फेलबदल भई रहने सांस्कृतिले गर्दा आदिवासीहरुको हक अधिकार सुनिश्चित हुदैन, रानाका अनुशार आगामि दिनहरुमा सम्पूर्ण आदिवासीहरु एक भई अगाडि बढ्नु पर्नेमा जोड दिए ।क्षमता अभिबृद्धि तालिममा नेकपा एमालेका धनबहादुर थापा, महिला संजाल सुर्खेतीकी टीका रानामगर, नेकपा माओवादी केन्द्रका डिल्लीराम नेउरे, जनजाती अगुवाहरु सालकोट गाविसका पूर्व अध्यक्ष रेशमबहादुर रानामगर लगाएतले शुभकामना मन्तव्य राखेको थिए ।



Milan Shrestha । ७ असार २०७३, मंगलवार ०९:०७ बजे