जिल्लाको विकासका लागि नेतृत्व लिदै (नेकपा)


चैत्र २२, कालीकोट । कालीकोट जिल्लामा अपेक्षित रुपमा विकासका कामले गति लिन नसकेको भन्दै सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले विकासका लागि पहल कदमि चाल्न सुरु गरेको छ ।

तीनवटै तहका सरकारमा नेतृत्वमा रहेको जिम्मेवार सत्तारुढ पार्टीको हैसियतले जिल्लामा भैरहेका विकास निर्माणका गतिविधि प्रति पार्टीका तर्फबाट चासो राख्नु अनिवार्य रहेको ठान्दै पछिल्ला दिनहरुमा विकासप्रति (नेकपा)को अगुवाइ रहन थालेको हो । एकातिर जसको कारणले विकास नभएपनि सत्तारुढ पार्टीकै कारण भएन भन्ने बुझिने स्थिति रहने र अर्कोतिर देश र जनताको हित चाहने पार्टी भएकै कारण जिल्लाको विकास र शान्ति सुरक्षा स्थिति बारे पार्टीको तर्फबाट विशेष चासोका साथ पहल थालिएको (नेकपा) कालीकोटका युवा नेता चित्रसिंह गाउँलेले जानकारी गराउनु भयो ।

पार्टीको तर्फबाट जिम्मेवार नेताहरुले जिल्ला समन्वय समिति मार्फत सत्तारुढ पार्टी सँगको विशेष बसाई आज सम्पन्न भएको र भोलि सर्वदलीय वैठक तोक्न लगाइएको नेता गाउँलेको भनाई छ । (नेकपा) ले सुर्खेत जुम्ला सडक खण्डको सुनारखोला लगाएतको खण्डका सडकहरु तत्कालै सुधार गरिनु पर्ने, लामो समयसम्म बन्न नसकेका टाकुल्ला लगाएतका पक्कि पुल निर्माण र शेरिघाटको बेली ब्रिजको ठाउँमा नयाँ पक्कि पुल चाँडै निर्माण हुनपर्नेमा जोड दिएको छ ।

यसैगरी जिल्लाको प्रदेश सभा (ख) का नागरिकहरुलाई भरपर्दो र सहज एवम् सुलभ यातायातका लागि कर्णाली नदीको खुलालुमा चाँडै पक्कि पुल निर्माणका साथै सडकको निर्माण हुन बाँकी खण्डको ट्र्याक खुलाई फेरिमा चढाएर गाडी तार्ने स्थितिको अन्त्यका लागि पनि पहल चालेको छ । पार्टी र जनप्रतिनिधि बिचमा व्यापक छलफल र अन्तरक्रिया मार्फत स्थानीय तह र जिल्ला समन्वय समितिलाई व्यवस्थित र जनमुखी रुपमा सञ्चालन गर्न आवश्यक रहेका बखत पार्टीले पहल कदमी लिन थालेको जिल्ला समन्वय समिति कालीकोटका प्रमुख अनिपाल शाहीले वताउनु भयो ।

जिल्लाका सबै स्थानीय तहमा एकता शन्देशका कार्यक्रमहरु गरिसकिएको र अब विकास र समृद्धिका कार्यक्रममा जोड दिइने नेता कृष्णप्रसाद आचार्यको भनाई छ । स्वास्थ्य, शिक्षा, सञ्चार, बिद्युत लगाएत समग्र विषयमा निकै सरोकारका साथ पार्टी गतिविधि अगाडि बढाउएर अब विकासका कामलाई परिणाममुखी बनाउने नेकपा नेताहरुको भनाई छ ।