एमयू बाट नेविसंघका विद्यार्थी नेताहरु पक्राउ


२४ चैत्र, सुर्खेत ।  मध्यपश्चिमाञ्चल विश्वविद्यालय सुर्खेतमा निर्वाचनकाे माग राख्दै आज (आइतबार) विश्वविद्यालयकाे केन्द्रिय क्याम्पसमा तालाबन्दी गर्ने क्रममा प्रहरीले नेपाल विद्यार्थी संघ (नेविसंघ)का विद्यार्थी नेताहरू पक्राउ गरेको  छ ।

नेविसंघका निवर्तमान केन्द्रिय सदस्य हरि शर्मा, स्ववियू सभापति झक्कबहादुर शाही, नेविसंघ सुर्खेतका निवर्तमान जिल्ला अध्यक्ष गाैतम विसी, स्ववियू सदस्य राेशन बस्नेत र नेविसंघ इन्जिनियरिङ्ग संकायका सभापति राजन केसीलाइ प्रहरीले पक्राउ गरेकाे हो ।

विश्वविद्यालयले भोली चैत्र २५ गते निर्वाचन गर्न निर्णय गरेपनि निर्वाचन हुन नसकेपछि नेविसंघले विभिन्न चरणबद्दरुपमा आन्दाेलन गर्दै आएकाे छ ।