वडा नं. ९ को गुरुयोजना बारे अन्तरक्रिया


२५ चैत्र, सुर्खेत । वीरेन्द्रनगरको ऐतिहासिक ९ न‌ं वडामा रहेका पर्यटकिय क्षेत्र, वडाको सडक व्यवस्थित गर्ने सम्बन्धमा आज वडा कार्यालय लाटीकोइलमा अन्तरक्रिया तथा छलफल कार्यक्रम सम्पन्न भएको छ ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यन्याधिवक्ता विद्याभूषण मानन्धर, ध्रुवकुमार श्रेष्ठ, गणेश वली, ऋषी गिरी एवं वडा सदस्य पुरणबहादुर शाहीले वडाको गुरुयोजनाका तथा पर्यटकिय क्षेत्रको संरक्षण सम्वर्धन एवं विकास बारेमा आआफ्नो धारणा राख्नुभएको थियो ।

वडामा रहेका विभिन्न टोल विकास संस्थाहरुका अध्यक्षहरुले राखेका जिज्ञासाहरुको निराकरण वातावरण विद सुरेश थापा इन्जिनियर समिक्षा हमाल र भूगोलविद माधवी न्यौपानेले गर्नुभएको थियो ।

वडामा रहेका ऐतिहासिक नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार र शिवमन्दिर एव वडामा रहेको सडक लगाएत वडाहरुको समस्या समाधान कसरी समाधान गर्न सकिन्छ भन्ने तर्फ र वडामा पर्यटकलाई भित्र्याउन आफू लागि परेको वडा अध्यक्ष सुरेश मानन्धरले बताउनुभयो ।

कार्यक्रममा विभिन्न सहभागीहरुले वडाको डुवान क्षेत्रको बारेमा जानकारी एवं समाधानलागि वातावरणविद एवं भूगोलविद समक्ष जिज्ञासा राखेका थिए ।

३१ वटा टोल विकास समिति एव स्थानीय नागरिक समावेश कार्यक्रमको संचालन वडा सचिव देव मुलेलले गर्नुभएको थियो ।