KPL-2 मा आठ समूहको सहभागिता


२६ चैत्र, सुर्खेत । आगामी बैशाखमा सुर्खेतको बीरेन्द्रनगरमा हुने दोस्रो स्करणको कर्णाली प्रिमियर लिग केपिएलमा आठ टिमले सहभागिता जनाउने भएका छन।

आयोजक कर्णाली किक्रेट एकेडेमीले आज प्रतियोगितमा सहभागीहुने आठ टिमको नाम सार्बजनिक गरेको छ । प्रतियोगितामा ३ बिभागिय सहित देशका विभिन्न सहरका अन्य पाँच प्रतिष्ठित क्लबहरुको सहभागीता रहने एकेडेमीका अध्यक्ष जिवन शाहीले जानकारी दिनुभयो ।

प्रतियोगिममा त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस, ससस्त्र प्रहरीको एपीएफले सहभागीता जनाउने भएका छन । यस्तै कर्णाली किक्रेट एकेडेमी, महेन्द्रनगर क्रिकेट एकेडमी कञ्चनपुर, लालिगुरास क्रिकेट एकेडमी झापा, मध्यपश्चिम क्रिकेट बाँके र हिमालयन क्रिकेट एकेडमी काठमाडौले सहभागीता जनाउने भएका छन् ।

अहिले प्रतियोगिता संञ्चालनको लागि स्थानिय कालुन्चोक किक्रेट मैदानको काम भईरहेको अध्यक्ष शाहीले जानकारी दिनुभयो । उहाँले केन्द्र, प्रदेश र जिल्लास्तरका कुनै पनि खेलकुद निकायबाट सहयोग प्राप्त नभएको भन्दै आफहुरुले विभिन्न दाताहरुसँग सहयोग उठाउदै मैदान निर्माणमा जुटिरहेको बताउनुभयो ।

प्रतियोगिताको लागि मैदानको स्तर उन्नतिको लागि मैदान सम्माउने, पिच र बाउन्ड्रीको लेभल मिलाउने लगायतको काम भईरहेको छ ।

बैशाख १२ गतेदेखि २१ गते सम्म हुने प्रतियोगिताको खेलको जनता टेलिभिजनले प्रत्यक्ष प्रसारण गर्नेछ । गत सँस्करणमा केपिएलको बिजेताले ३ लाख प्राप्त गरेको थियो भने यो सँस्करणको पुरस्कार र ट्रफि केही दिनमा घोषणा हुने उहाँले बताउनुभयो।