प्रधानाध्यापक श्रेष्ठ सम्मानित


२७ चैत्र, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेत बजारमा रहेको पूरानो विद्यालय जन नमुना माध्यमिक विद्यालयका प्रधानाध्यापक यामबहादुर श्रेष्ठ आज सम्मानित हुनुभएको छ ।

कर्णाली प्रदेश अन्तरगत रहेका सामुदायिक विद्यालयहरुबाट विद्यालयलाई शैक्षिक एवं भौतिक रुपमा उत्कृष्ट बनाउन गरेकाे प्रयासकाे मूल्याङ्कन गर्दै नेपाल शिक्षक संघ, संघीय कार्यसमितिले प्रधानाध्यापक श्रेष्ठलाई आज (बुधवार) एक समारोहका वीच सम्मान गरेको हो ।

काठमाण्डौंमा सम्पन्न नेपाल शिक्षक संघको “२० संघीय प्रतिनिधी सभा” कार्यक्रममा पूर्व उपप्रधानमन्त्री तथा नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पाैडेलले प्रधानाध्यापक श्रेष्ठलाई सम्मान गर्नुभएको हो ।

२०५१ साल देखि माध्यमिक तहमा सुर्खेत कै अवलचिङ्गबाट शिक्षण पेशा अ‌ंगाल्नु भएका यामबहादुर श्रेष्ठले २०६० साल देखि जन नमुना माध्यमिक विद्यालयमा प्रवेश गर्नुभएका उहाँ २०६२ सालमा विद्यालय कै सहायक प्राचार्य र २०६९ साल देखि प्राचार्य भएर विद्यालयको शैक्षिक गुणस्तर एवं भौतिक अवस्थालाई समयसाक्षेप अनुसार परिवर्तन गर्न लागि पर्नुभएको छ ।

सम्मान पत्र पाएपछि आफूलाई अझै जिम्मेवारी भएको महशुस गर्दै प्रधानाध्यापक श्रेष्ठले यो सम्मान समग्र विद्यालय परिवारलाई प्राप्त भएकाे बताउनुभयो । उहाँले “यो सम्मानकालागि विद्यालय व्यवस्थापन समिति, शिक्षक अभिभावक संघ, शिक्षक, कर्मचारी तथा सराेकारवाला सबैमा हार्दिक बधाई दिनुभयो ।

यस उपलब्धीबाट विद्यालय परिवारलाई विद्यालयकाे विकासमा थप प्रतिवद्द र समर्पित भई अगाडि बढ्न हाैसला मिलेकाे र याे सम्मानपत्र विद्यालय परिवार प्रति समर्पित गर्दछु ।” उहाँले भन्नुभयो ।  साथै यो मूल्याङ्कन र सम्मानका लागि नेपाल शिक्षक संघ, संघीय कार्यसमितिलाई हार्दिक धन्यवाद ।