मेसीले बनाए सर्वाधिक गोलकर्ताको कीर्तिमान


Lionel-Messiहोस्टन – लियोनेल मेसीले अर्जेन्टिनाका  हालसम्मकै सर्वाधिक गोलकर्ताको किर्तमान बनाएका छन्। २७ वर्षीय बार्सिलोना स्टार मेसीले अमेरिकामा जरी कोपा अमेरिका अन्तर्गतको  पहिलो सेमिफाइनलमा फ्रिकिकमार्फत गोल गर्दै आफ्नो नाममा ५५ औं अन्तर्राष्ट्रिय गोलको कीर्तिमान राखेका हुन्।

यस अघि उनले यसेै प्रतियोगीताको क्वाटरफाइनलमा भेनेजुएलाविरुद्धको खेलमा गोल गदै ग्याब्रियल बाटिस्टुटाको नाममा रहेको ५४ औं अन्तर्राष्ट्रिय गोलसँग बराबरी गरेका थिए।

बाटिस्टुटाले अर्जेन्टिनाबाट सन् १९९१ देखि २००२ सम्म खेल्दै ८० क्याम्प खेल्दै ५४ गोल गरेका थिए । मेसीले भने १११ क्याम्प खेल्दै ५५ गोल गरेका हुन्।

अर्जेन्टिनाको रोसारियोमा जन्मिएका मेसी बार्सिलोनामा १० नम्बर जर्सी मैदानमा उत्रिने गर्छन्। १३ वर्षको उमेरमा बार्सिलोना एकेडेमी भर्ना भएदेखि मेसीले फुटबल करिअरमा पछि फर्केर हेर्नु परेको छैन।

साभारः नागरिक अनलाइनख