कालिकोट बान्जाडा गाँउ जिल्ला कै खानेपानी आभाव ग्रस्त


मनिराज पाण्डे, कालिकोट

२९ चैत्र, कालिकोट । कर्णाली प्रदेशको कालिकोट जिल्लाको पलाँता गाउँपालिकाको बान्जाडा गाँउ जिल्ला कै सबै भन्दा बढी खानेपानी अभावको क्षेत्र भएको एक अध्ययनले देखाएको छ ।

वाटर एडले गरेको सहभागीता मुलक कार्य अनुसन्धान बाट यस्तो देखिएको हो । वाटर एडले पलाँता ९ थिर्पुमा पालिका स्तरिय सहभागीता मुलक कार्य अनुसन्धान गरेको थियो ।

अनुसन्धानमुलक कार्य वडा नं. २ अन्य वडा भन्दा बढी खानेपानी अभाव भएको देखिएको हो । वडा अध्यक्ष वडा सदस्य र स्थानीय कर्मचारी सहभागी अनुसन्धान कार्यमुलकबाट बान्जाडा बस्ती सबै भन्दा बढी खानेपानीको अभाव क्षेत्र भएको पाइएको हो ।

बान्जाडाका १ सय ८२ घरधुरीका लागि गाउँमा एउटा मात्र खानेपानी धारा रहेको अनुसन्धानमा सहभागी सनोज तुलाचनले बताउनुभयो ।

गाउँपालिकाले वडा नं. २ का लागि २३ किलोमिटर टाढा बाट खानेपानी ल्याउने कार्य भइरहेको गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर बम पलाँती कान्छाले बताउनुभयो ।

अध्यक्ष बमले त्यहाँको खानेपानी आयोजनाका लागि पालिकाले १० करोड भन्दा बढी लगानी गर्ने तयारी गरेको छ जानकारी दिनुभयो ।