१५ जेठ, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले गणतन्त्र दिवसको उपलक्ष्यमा शुभकामना सन्देश व्यक्त गर्नुभएको छ ।
सन्देशमा प्रदेश प्रमुख परियारले नेपाली जनताका प्रतिनिधिहरु मार्फत २०६५ जेठ १५ गते संविधानसभाको पहिलो बैठकबाट २४० वर्ष पुरानो शाहवंशको राजतन्त्रात्मक व्यवस्थाको विधिवत अन्त्य र संघिय लोकतान्त्रिक गणतन्त्र घोषणा गरिएको ऐतिहासिक दिनको अवसरमा कर्णाली प्रदेश लगायत स्वदेश र विदेशमा रहनुभएका सम्पुर्ण नेपाली दिदीबहिनी–दाजुभाई तथा सचेत नेपाली नागरिकहरूमा बधाई तथा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
विगत सात दशक देखिको गणतन्त्र स्थापनाका लागी गरिएका सशस्त्र,शान्तिपुर्ण संघर्ष गर्ने क्रममा दश वर्षे जनयुद्ध,१९ दिने जनआन्दोलन एवं विविध वर्गिय, जातिय, क्षेत्रिय ,दलित,महिला, मधेशी,मुस्लिम लगायतका मुक्ती संघर्षका क्रमहरुमा आफनो प्राण उत्सर्ग गर्ने सम्पुर्ण महान शहिदहरुप्रति हर्दिक श्रदाञ्जलि अर्पण गर्दछु ।
बेपत्ता योद्धँ, घँईते, अपाङ्ग योद्धाहरुप्रति उच्च सम्मान व्यक्त्त गर्दछु । नेपाली आमाका हजारौं छोराछोरीहरुको बलिदानको बलमा प्राप्त गणतन्त्र,संघियता,धर्मनिरपेक्षता,समानुपातिक, समावेशिताको सिद्धान्तले निर्देशित गरे अनुसार कार्यान्वयन गर्न र गराउन राज्यको सर्वोच्च ओहोदामा रहेकाहरुको पहिलो कर्तव्य हुने गर्दछ । त्यसैगरी राष्ट्रसेवक कर्मचारी आम नेपाली जनताले सुशासन, सामाजिक न्याय र समृद्ध नेपाल निर्माण गर्न आ–आफनो ठाउँबाट योगदान पुर्याउन आवश्यक छ ।
गणतन्त्र र संबिधानको रक्षा,प्रयोग गर्दै अगाडि बढ्नु छ । अर्कोतिर संघिय लोकतान्त्रिक गणतन्त्रको संस्थागत विकासको लागी अझ सुदृढ राष्ट्रिय एकताको खा“चो छ । नेपालको संबिधान २०७२ ले प्रदान गरेको स्वतन्त्रताको हकको दुरुपयोग नगरी अनुशासन र स्वतन्त्रताको द्धन्द्धात्मक सम्बन्धलाई आत्मसाथ गरी अघि बढ्न आवश्यक छ । गणतन्त्र दिवसले सबैमा ठुलो त्याग बलिदानबाट प्राप्त अधिकारको सदुपयोग र रक्षा गर्न प्रेरणा देओस । यस अवसरमा संविधानको मर्म र भावना अनुसार अघि बढ्न,गणतन्त्र दिवसले चेतना देओस भन्दै पुनः बधाई तथा शुभकामना व्यक्त्त गर्दछु । उल्लेख गरिएको छ ।




Prawash Kumar Shakya । १५ जेष्ठ २०८१, मंगलवार ०७:०८ बजे