कर शिक्षा सम्वन्धी ज्ञान नहुँदा व्यवसायीमा अन्योलमा


८ वैशाख, सुर्खेत । कर शिक्षा सम्वन्धी ज्ञान नहुँदा कर कार्यालय र व्यवसायी वीच समधुर सम्बन्ध हुन नसकेको व्यवसायीहरुले गुनासो गरेका छन । आइतवार ऋति फाउन्डेसनको आयोजनामा वीरेन्द्रनगरमा सम्पन्न “सवाल उद्यमीको” विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वीरेन्द्रनगरका उद्योगी व्यवसायीहरुले कर कार्यालय र व्यवसायीहरुका वीच समधुर सम्बन्ध स्थापना गर्न स्थानिय तहले वा उद्योग वाणिज्य संघले करशिक्षा संचालन गर्नुपर्ने बताएका हुन ।

“वास्तवमा कर कार्यालय र हामिबिच समधुर समवन्ध हुनुपर्ने हो, तर अहिले कर कार्यालय हाम्रो लागि हाउगुजी जस्तो भएको छ । पसल अगाडी कर कार्यालयको सेतो नम्बर प्लेटको गाडि देख्यो कि सटर बन्द गरेर भाग्नुपर्छ ।” वीरेन्द्रनगर १ का व्यवसायि दिनेश खत्रीले भन्नुभयो । “व्यवसाय पानामा दर्ता गर्दा के हुन्छ ? र भ्याटमा दर्ता गर्दा के हुन्छ व्यवसायिलाइ थाहा नहुँदा र कर कार्यालयले जसरी पनि कर असुल्ने मनसाय बनाउदा समस्या परेको छ ।” खत्रीले दाहोर्याउनुभयो ।

एक सहभागीले सवैको महत्वको क्षेत्र र सबैभन्दा मारमा परेको निजि व्यवसाय भनेको नीजि विद्यालय भएको दावि गरे । वीरेन्द्रनगरमा व्यवस्थित पार्किङ हुन नसक्नु पनि व्यवसायीकालागि समस्या रहेको बताए ।

कार्यक्रममा सुर्खेत चेम्बर अफ कमर्सका अध्यक्ष चिनतामणी शर्माले स्थानिय तहले कम्मर कसेर काम गर्दापनि सबै अधिकार नआउनु मुख्य समस्या भएको बताउनुभयो । उहाँले अहिले तत्कालका लागि फनपार्क आवश्यक भन्नुभयो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले सामाजिक क्षेत्रमा नगरपालिकाको यो साल ४ करोड २३ लाख खर्च भएपनि उपलब्धी नदेखिएको बताउनुभयो । तालिम लिने र भत्ता लिने प्रवृती बढेकोले यसलाइ नियन्त्रण गर्नुपर्ने उहाँको भनाई छ ।

व्यवसायी कमल शर्माले बजारमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको बताउनुभयो । कार्यक्रममा सहभागीहरुले आफ्नो दक्ष जनशक्ती बाहिरबाट ल्याउनु परेको समस्या रहेको र सरकारले समेत महिला र युवा उद्यमीलाइ नपत्याउने गरेको दावी गरेका थिए ।