राष्ट्रिय कुस्ती खेलाडी “निर्मल विष्ट बचाउ अभियान”मा ‘मोटे ग्याङ्ग नेपाल’ पनि


१३ बैशाख, सुर्खेत । सामाजिक सञ्जालमा रहेको सुर्खेतको चर्चित समूह ‘मोटे ग्याङ्ग नेपाल’ले निर्मल विष्ट बचाउ अभियान शुरु गरेको छ ।

कर्णाली प्रदेशको राजधानी सुर्खेतका कुशल राष्ट्रिय कुस्ती खेलाडी निर्मल विष्टको प्रदेश नं. ५ को नेपालगञ्जमा जारी आठौँ राष्ट्रिय खेलकूद प्रतियोगितामा स्वास्थ्यमा गम्भीर समस्या देखिएको थियो ।

कुस्ती खेलको निर्णायकको भूमिका निर्वाह गरिरहनुभएका वीरेन्द्रनगर–९ लाटीकोइली, सुर्खेतका २४ वर्षीय निर्मल विष्टलाई उपचारका तत्कालै लागि काठमाडौँ लगिएको थियो ।

खेलाडी विष्टको अहिले बयोधा अस्पतालमा उपचार भै रहेको परिवाजनले बताएकाछन् चिकित्सकले ६० दिनभित्र कलेजो प्रत्यारोपण गर्नुपर्ने बताएकाले आर्थिक स्रोत जुटाउन अहिले सुर्खेत विभिन्न संघसंस्था लागिपरेकाछन् ।

निर्मलको जीवन रक्षाका लागि कुमारी बैंक सुर्खेतमा आमा कोलामु विष्टको नाममा ०२६००४१६५६७००००१ नम्बरको खाता खोलिएको छ ।

सामाजिक सञ्जाल समूह मोटे ग्याङ नेपालले पनि समूहका आफ्ना सम्पूर्ण सदस्यहरुलाई निर्मल विष्ट बचाउ अभियानमा सहयोग गर्न ग्रुपका एडमिन कुमार सम्सेर थापा अनुरोध गर्नुभएको छ ।

एडमिन थापाले भन्नुभयो “तपाईहरूकाे सानाे सहयाेगले कसैको जिवन रक्षा हुन्छ भने किन सहयोग नगर्ने सहयोगको अपेक्षा गर्दछु । जसरि बिगतको दिनमा हामिले गरेकोको अभियानमा यहाँहरुको साथ र सहयोग रहेको थियो,त्यसरि नै यस अभियानमा यहाँहरुको उतिकै साथ र सहयोग रहने छ भन्ने हामीले बिस्वास गरेका छौ ।