पशुहरुलाई निःशुल्क खोप


१६ बैशाख, सुर्खेत । विश्व भेटेरीनरी दिवश २०१९ को अवसरमा वीरेन्द्रनगर २ को उत्तरगंगामा सोमबार घरपालुवा कुकुरमा रेविज विरुद्धको निशुल्क खोप शिविर संचालन गरिएको छ । वीरेन्द्रनगर नगरपालीका पशु सेवाशाखा सुर्खेतको आयोजना र नेपालपारा भेटेरीनरी एण्ड लाईभस्टक एसोसिएसन जिल्ला कार्य समिति सुर्खेत तथा पशुपन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेतको समन्वयमा संचालन गरिएको शिविरमा ९१ कुकुरलाई निशुल्क खोप लगाइएको पशु सेवा शाखा वीरेन्द्रनगरका शाखा प्रमुख पशु चिकित्सक नारायण प्रसाद न्यौपानेले जानकारी दिनुभयो ।

विश्व भेटेरीनरी दिवस २०१९ सप्ताहव्यापी रुपमा मनाउने क्रममा भूमी व्यबस्था कृषि तथा सहकारी मन्त्रालय कर्णाली प्रदेश वीरेन्द्रनगर सुर्खेत र नेपालपारा भेटेरीनरी एण्ड लाईभस्टक एशोसिएसन जिल्ला कार्य समिति सुर्खेतको संयुक्तआयोजना तथा पशुपंन्छी रोग अन्वेषण प्रयोगशाला सुर्खेत, नेपाल भेटेरीनरी एसोसिएसन् कर्णाली प्रदेश संगको समन्वयमा वीरेन्द्रनगर १४ गढी सुर्खेत र भेरीगंगा नगरपालीका १ मनिरामकाडा सुर्खेतमा रेविज विरुद्धको निःशुल्कखोप शिविर गत शनिबार संचालन भएको छ ।

शिविरमा ४८० कुकुरमा निशुल्क खोप तथाआन्तरीक परजिबि विरुद्धको औषधी समेत वितरण गरीएको नेपालपारा भेटेरीनरी एण्ड लाईभस्टक एसोसिएसन सुर्खेतकाअध्यक्ष कमलबहादुर बिश्वकर्माले बताउनुभयो ।

हेरक बर्ष अप्रील २७मा बिश्वभर मनाईने विश्व भेटेरीनरी दिवशको यो बर्ष नारा “खोपको महत्व ” रहेको र बिश्व भर खोपको महत्व र आवश्यकता सम्बन्धी विविध कार्यक्रम संचालन गरिएकोमा यहाँ पनि खोप शिबिर संचालन गरिएको भूमी व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका पशु चिकित्सकदिपककुमार भण्डारीले जानकारी दिनुभयो ।