१९ बैशाख, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगरमा सर्वाधिक पुरस्कार राशी सहितको व्याडमिन्टन प्रतियोगिताको आयोजना गरिने भएको छ ।
नमूना युवा क्लब वीनपा ४ ले आयोजना गर्ने व्याडमिन्टन प्रतियोगिता यही बैशाख २२ गतेदेखि संचालन हुने भएको हो । कर्णाली प्रदेशमा नै सर्वाधिक पुरस्कार राशी भएको प्रतियोगिता रहेको टिम दर्ता संयोजक विष्णु गौतम जानकारी दिनुभयो । प्रतियोगितामा प्रथम हुनेले ‘३० हजार, द्वितियले २० हजार र तृतीयले १० हजार पुरस्कार राशी पाउने छ । त्यस्तै ‘टिम दर्ता शुल्क १ हजार तोकेका छौं उहाँले भन्नुभयो ।
हालसम्म २२ वटा टिम दर्ता भइसकेका छन् २० गते साँझ पाँच बजेसम्म टिम दर्ता गर्न सकिने छ र करिव ३० टिमको सहभागिता हुने अपेक्षा आयोजकले गरेका छ ।
क्लबका सचिव किरण पन्तले व्याडमिन्टन खेल प्रति स्थानीयको क्रेज बढाउन र स्वस्थ समाज निर्माण गर्न आयोजना गरिएको बताउनुभयो । ‘खेलकुदले स्वस्थ समाज निर्माण गर्छ भन्ने हाम्रो बुझाई हो ।’ उहाँले भन्नुभयो, ‘त्यसैले हामीले दुइ लाख जतिको लागतमा यो प्रतियोगिताको आयोजना गरेका हौं ।’ उहाँले प्रतियोगिाका लागि आवश्यक बजेट वडा कार्यालय, विभिन्न स्पोन्सरबाट जम्मा गरिएको जानकारी दिनुभयो । प्रतियोगिता दुइ दिन चल्नेछ ।



Milan Shrestha । १९ बैशाख २०७६, बिहीबार १८:२४ बजे