सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमाः के.सी.



६ माघ, सुर्खेत। सुर्खेत जिल्ला क्रिकेट संघको अध्यक्षमा श्रीधर केसी चयन हुनु भएको छ ।बिहिवार भएको चुनावी साधारण सभाले श्रीधर केसीको अध्यक्षतामा १४ सदस्यीय नयाँ कार्य समिति चयन गरेको छ। जसको उपाध्यक्षमा उपाध्यक्षमा श्यामकुमार थापा, सचिवमा प्रकाश भुषाल, कोषाध्यक्षमा रुद्र भण्डारी चयन हुनु भएको छ भने सदस्यहरुमा पदमबहादुर खड्का, नरेशसिंह थापा, सूर्य थापा, रमेश शाही, विश्व भारती, नगेन्द्र उपाध्याय, जनक विक्रम शाही, भुवन कोईराला, रोशन शाही, बिदूर केसी, सम्राट राई चयन भएका हुनु भएको हो  ।

सुर्खेत जिल्ला क्रिकेट संघको चुनावी साधारण सभाको उद्घाटन सत्रमा बोल्दै सरोकारवालाहरुले खेलाडीहरुको भविष्यका लागि पूर्वाधारमा जोड दिनुपर्ने बताउनु भएको छ। कर्णाली प्रदेशमा अभ्यास खेल खेल्न समेत उपयुक्त पूर्वाधार नभएकाले यसमा सरकारले ध्यान दिनुपर्ने उहांहरुले बताउनु भयो ।

नेपाल क्रिकेट संघका सदस्य पदमबहादुर खड्काले कर्णाली प्रदेशमा उपयुक्त खेल मैदान नहुँदा क्रिकेट खेलाडीहरु प्रदेश बाहिर गएर अभ्यास गर्नुपरेको तितो अनुभव बताउनु भयो । उहांले भन्नु भयो कि, अब ढिला भए पनि समग्र प्रदेशमै अभ्यासका लागी बाहिर जानु पर्ने समस्या समाधान हुने नै छ ।

कर्णाली प्रदेश खेलकुद परिषदका उपाध्यक्ष प्रमोद हमालले परिषद बनेदेखि नै खेलाडीलाई प्रोत्साहन गर्ने विषयमा छलफल चलिरहेको बताउनु भयो । ‘खेलाडीलाई प्रोत्साहन गर्न पहिलो आवश्यकता त पूर्वाधार नै देखिन्छ,’ उहांले भन्नु भयो कि ‘तत्कालका लागि क्रिकेटको अभ्यास खेलका लागि उपयुक्त हुने मैदान नेतृत्वले खोज्न सके परिषदले बलिङ मेसिनको व्यवस्था गरीदिनेछ।

परिषदका सदस्य सचिव विश्वमित्र सञ्जेलले खेलाडी र खेल क्षेत्रको विकासका लागि पूर्वाधार, प्रशिक्षण, प्रतियोगिता, प्रोत्साहन र प्रतिस्पर्धामा जोड दिनुपर्ने बताउनु भयो । प्रदेश खेलकुद परिषदले यसमा विशेष ध्यान दिएको उनले बताए। कर्णाली प्रदेश क्रिकेटमा पछाडि नै भएपनि खेलाडीको प्रस्तुति उत्साहजनक भएकाले अझै मेहनत गर्नुपर्ने उहांले बताउनु भयो ।

आजका नयां पदाधिकारी तथा सदस्यहरु सर्वसम्मत चयन गरिएको जिल्ला अधिवेशन निर्वाचन समितिको कार्यालयले जानकारी दिएको छ ।