श्रद्धाञ्जली सभा सम्पन्न


२७ फागुन, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारका जेष्ठ सुपुत्र अमर बहादुर परियारको आज सातौं दिनको श्रद्धाञ्जली सभा कार्यक्रम सम्पन्न भएको छ ।

प्रदेश प्रमुख परियारका सुपुत्र अमर रोजगारको शिलशिलामा भारतको कुरुक्षेत्र हरियाणामा सपरिवार सहित बसोबास गर्दै आउनुभएका उहाँको सवारी दुर्घटनामा परि निधन भएको थियो । स्वर्गिय अमरका ३ छोरा र एक श्रीमती हुनुहुन्छ ।

सातौं दिनको श्रद्धाञ्जली कार्यक्रममा कर्णाली प्रदेश सरकारका मुख्यमन्त्री राजकुमार शर्मा, जीवन बहादुर शाही, बिमला के.सि. सीता कुमारी नेपाली लगायत विभिन्न ब्यक्तिहरुको उपस्थिति रहेको थियो ।