
१२ जेठ, सुर्खेत । बौद्ध ग्रामिण बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड २०औं बर्षमा प्रवेश गरेको छ । संस्थाले आफ्नो बार्षिक उत्सवको अवसरमा प्रशोधित पिउने पानी उद्योग भवनको शिलन्यास गरेको छ ।
विपन्न तथा आर्थिकरुपले कमजोर रहेका कर्णाली बासीलाई वित्तियरुपमा साक्षर बनाई आयआर्जनका कार्यक्रम मार्फत आर्थिक तथा सामाजिक स्तर बुद्धिका लागी काम गर्दे आएको बौद्धले कर्णालीबासीलाई स्वच्छ र शुद्ध पिउने पानी सहकारी मार्फत उपलब्ध गराउने उदेश्य राखी पानी उद्योग संचालन गर्नलागेको जानकारी दिँदै यो उद्योगले रोजगारीको अवसर पनि सिर्जना गर्ने अध्यक्ष पंच सिं रोकायाले बताउनुभयो ।
वि.स २०५७ सालमा २५ जना शेयर सदस्य र २५०० रुपैया शेयर पूँजीबाट सुरुवात गरेको बौद्धले १९ वर्ष पार गर्दा सम्म शेयरपूँजी १४ करोड ३६ लाख ४४ हजार ९ सय पुराएको छ त्यस्तै अगामी दिनमा शेयर पूँजी थप गर्दे लैजाने लक्ष्य राखेको संस्थाका सचिव पासाङ महत्तराले जानकारी दिनुभयो ।
कार्यक्रममा सदस्यको मृत्यु पश्चात सदस्यका घरपरिवारलाई उपलब्ध गराउदै आएको सदस्य सुरक्षा कोष रकम अन्तरगत मृतक सदस्यका घरपरिवारलाई प्रति परिवार १ लाख रुपैयाका दरले ३ जना सदस्यको परिवारलाई सहयोग स्वरुप राहत रकम हस्तान्तरण गरिएको थियो ।
स्थापना दिवशकै अवसरमा अध्यक्ष पंच सिंह रोकायाले व्यक्तिगत रुपमा वीरेन्द्रनगर नगरपालिका ९ का निर्मलकुमार विष्टलाई कलेजो प्रत्योरोपणका लागि १ लाख र दृष्टि विहिन हेरविचार केन्द्रलाई १ लाख २५ हजार रुपैयाँ हस्तान्तरण गर्नुभएको छ ।
कर्णाली प्रदेशका चार जिल्ला सुर्खेत, दैलेख, जाजरकोट र जुम्लामा गरी ५० हजार ४ सय १३ जना शेयर सदस्यहरु रहेको संस्थाले हाल २१ वटा सेवा केन्द्र र १ डेरी उद्योग मार्फत सेवा प्रदान गर्दे आएको छ ।
करीव १ अर्ब ५६ करोड लगानी र ६६ करोड बचतको कारोबार रहेको बौद्धले कर्णाली प्रदेशका सबै जिल्लाका गाँउ गाँउ सम्म पुगी प्रभावकारी तरिकाले वित्तिय सेवा सुविधा संचालन गर्ने योजना अनुरुप काम गर्दे आएको वरिष्ठ प्रबन्धक विशाल के.सीले बताउनुभयो ।



Milan Shrestha । १२ जेष्ठ २०७६, आईतवार १९:५० बजे