
२७ साउन, काठमाडौं / अन्तर्राष्ट्रिय यूवा दिवसको अवसरमा नेपाल स्वयंसेवी रक्तदाता समाज त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल एकाई समितिद्वारा विशेष सम्मान तथा प्रमाण-पत्र वितरण कार्यक्रम गरेको छ । नेपाल स्वयंसेवी रक्तदाता समाजका केन्द्रिय अध्यक्ष एवं स्वयंसेवी रक्तदाता रक्त सम्राट प्रेमसागर कर्माचार्यलाई सम्मान गरिएको हो ।
कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका प्रशासन प्रमुख बैकुण्ठ थपलियाले दाेसल्ला ओढाई र प्रमुख अतिथि रक्तसञ्चार सेवाका वरिष्ठ सल्लाहकार एवं स्टार अस्पतालद्वारा सञ्चालित रक्तसञ्चार सेवाका निर्देशक डा. मनिता राजकर्णिकारले रक्तसम्राट कर्माचार्यलाई सम्मान गर्नुभएको थियो ।
नेपालमा नै सर्वाधिक रक्तदान (१७५ पटक) तथा हालैमात्र “रक्तदाता सम्राट”बाट विभुषित हुनु भएका सतक रक्तदाता प्रेमसागर कर्माचार्यलाई “राष्ट्रिय रक्तनायक”उपाधिबाट विभूषित गरिएको घाेषणा गर्दै सम्मान गरिएको थियो ।



Prawash Kumar Shakya । २७ श्रावण २०८०, शनिबार १८:०९ बजे