ट्राफिक प्रहरीलाई आईजीपीको सुझाव, ‘मिठो बोल्न पैसा पर्दैन’


 काठमाडौं, साउन २६

महाशाखाको छड्केमा आईजीपी

प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको छड्के गरेका छन्।  केही दिनअगाडि केन्द्रीय अनुसन्धान ब्युरो सिआईबी र लागुऔषध नियन्त्रण ब्युरोको निरीक्षण गरेका अर्यालले मंगलबार महानगरीय ट्राफिक प्रहरी महाशाखाको अनुगमन गरेका हुन्।
रामशाहपथस्थित महाशाखा पुग्नेवित्तिकै अर्यालले त्यहाँ सेवाग्राहीसँग ट्राफिक प्रहरीको व्यवहार र सेवाबारे जानकारी लिएका थिए।
सेवाग्राहीहरुले लाइसेन्स लिनका लागि घन्टौं लाइनमा बस्नुपर्ने भन्दै गुनासो गरेका थिए। ट्राफिक प्रहरीको व्यवहार रुखो भएको उनीहरुले बताएका थिए। ट्राफिक प्रहरी चोक चोकमा लुकेर चिट काट्ने गरेको, अनावश्यक रुपमा दु:ख दिने गरेको भन्दै सेवाग्राहीले गुनासो गरेका थिए।
छड्केका क्रममा ट्राफिक प्रहरी महाशाखाका उच्चतहका अधिकारी तथा प्रहरीहरुलाई बिफ्रिङ गर्दै अर्यालले चुनौतीपूर्ण अवस्थामा राजधानीको ट्राफिक व्यवस्थापनमा महाशाखा जुटेकोमा धन्यावाद दिए।
ट्राफिक प्रहरीको आचरणका बारेमा धेरै गुनासो आएको उनले बताए। ‘मिठो बोल्न पैसा पर्दैन’ भन्दै अर्यालले ट्राफिक प्रहरीले आचरण सुधार गर्नुपर्ने  बताए।
साभार : सेतोपाटी