
मिलन श्रेष्ठ
असार,२१ दैलेख । बिगत लामो समय देखि मानवीय सेवाको लागि अग्रसर हुदै आएको लायन्स क्लबको १०२ औं अन्तर्राष्ट्रिय सम्मेलन इटालीको मिलानमा चलिरहेकै अबसर पारेर दैलेखको दुल्लुमा शनिवार एक कार्यक्रमको आयोजना गरी लायन्स क्लब अफ दुल्लु, दैलेखको स्थापना भएको छ ।
कार्यक्रमका बिशेष अतिथि एवंम् दुल्लु नगरपालीकाका प्रमुख घनश्याम भण्डारीले लायन्स क्लब अफ दैलेखको स्पोन्सरशिपमा स्थापना गरीएको नयां क्लबलाई शुभ कामना व्यक्त गर्दे गरेर खाए भन्दा पनि गरेर देखाए भन्ने अभियानमा लाग्न समेत आग्रह गर्नु भएको थियो । भण्डारीले मानवीय एवं सामाजिक सेवा मात्र नभई दैलेख जिल्लाका पर्यटक स्थललाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउन मद्दत पुर्याउन लायन्स क्लबलाई आग्रम गर्दे यस क्षेत्रको बिकासका लागी लायन्स क्लबलाई सहयोग गर्ने प्रतिबद्धता गनु भयो ।

कार्यक्रमका प्रमुख अतिथि सिनियर डिस्ट्रीक एडभाईजर एम.जे.एफ. लायन्स बिजय पराजुलीले, लायन्सको महत्व एवंम् गठन प्रक्रियाको बारेमा जानकारी दिदै,जिल्ला स्थीत विभिन्न लायन्स क्लबहरुमा आवद्धता भएका लायन्सलहरुले बिगत लामो समयदेखि समाजका विभिन्न सामाजिक कार्यहरुमा सहकार्य सहित सहयोग गर्दे आईरहेता पनि लायन्स लिडरहरु सहयोगी हात मात्र बन्नु भन्दा ,बोलीमा मिठास अनि कार्य शैलि प्रतिको व्यवहारमा परिवर्तन गरी समाजका अन्य संस्थाहरुलाई पनि सहयोगी हात सहित समाजलाई व्यवहारिक रुपान्तरण गर्ने जिम्मा लायन्स लिडरहरुमा आएको कुरामा जोड दिनु भयो ।

लायन्स क्लब अफ दैलेखका अध्यक्ष नरेन्द्र के.सी.को अध्यक्षता, बिशेष अतिथी एमवासटर अपाm गर्भनर वासना थापा, अतिथीहरु द्रोणचल क्याम्पस प्रमुख नरेन्द्र बोहोरा, सुन्तला जोन दुल्लु प्रमुख राजु भुज, बिजया माविका प्रअ केशव भण्डारी, राष्ट्रिय बाणिज्य बैंक शाखा दुल्लुका प्रमुख कृष्ण प्रसाद उपाध्याय, उधोग वाणिज्य संघ दुल्लुका अध्यक्ष ओमकार जंग थापा लगाएतको उपस्थित रहेको थियो ।
नारायणप्रसाद उपाध्यायको अध्यक्षतामा ३१ सदस्यीय लायन्स क्लब अफ दैलेख, दुल्लु स्थापना भएको छ , जसको प्रथम उपाध्यक्षमा चन्द्रप्रसाद पोखरेल, द्धितिय उपाध्यक्षमा सीता राना, सचिवमा जनक बुढा, कोषाध्यक्षमा तिर्थ कार्कि, शिक्षा निर्देशकमा डम्वर खनाल, स्वास्थ्य निर्देशकमा कपिल खनाल, वातावरण निर्देशकमा जगतबहादुर थापा, फाईनान्स निर्देशकमा दामोदर उपाध्याय, एलसिआई कोर्डिनेटरमा राजु भुज, क्लब कम्यूनिकेसन चियर पर्सनमा हरिप्रसाद रिजाल, पब्लिक रिलेसन चियरपर्सनमा कृष्ण प्रसाद उपाध्याय, सचेतकमा डिलबहादुर खड्का र व्यवस्थापकमा ओमकार जंग थापा रहनु भएको छ भने ।

आजै स्थापना भएको क्लब सदस्यहरुमा भुवन खड्का, घनश्याम भण्डारी, केशवबहादुर भण्डारी, नरेन्द्रबहादुर बोहोरा, मधुप्रसाद उपाध्याय, मिलन सिंह कुमाल, कमलप्रसाद शर्मा, डम्बरकुमारी खड्का, सीता भण्डारी, भरत रिजाल, टोपबहादुर थापा, कलम बादी, यामबहादुर सुनार, पूर्ण कार्कि, तेजबहादुर शाही, भरतप्रसाद उपाध्याय, तेजबहादुर खड्का र कृष्णप्रसाद आचार्य रहनु भएको छ ।
कार्यक्रमको सहजीकरण लायन्स क्लब अफ दैलेखका प्रथम उपाध्यक्ष खमबहादुर थापाले गर्नु भएको थियो ।




Milan Shrestha । २१ असार २०७६, शनिबार २३:३० बजे