
३० असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानीमा वीरेन्द्रनगर सुर्खेतमा रहेको नेपालको एक मात्र संरक्षित वन काँक्रेविहार अव घोडा चढेर घुम्न पाइने भएको छ ।
आज (सोमवार) देखि वीरेन्द्रनगर नगरपालिका ९ नं वडा कार्यालयले काँक्रेविहारमा घोडाबाट काँक्रेविहार घुम्न सकिने व्यवस्थाको शुरुवात गरेको हो ।
घोडा सवार कार्यक्रमको शुभारम्भ गर्दै कर्णाली प्रदेश सरकारका मुख्य न्याधिवक्ता विद्याभूषण मानन्धरले वडाको यो कार्य सह्रानिय काम भएको उल्लेख गर्दै अब वडबासी वडा कार्यालय स्थानीय सरकार र प्रदेश सरकार सबै मिलेर काँक्रेविहारलाई विश्व सम्पदा सूचीमा राख्न पहल थाल्नुपर्ने बताउनुभयो ।
उहाँले वडाको घोडा सवार कार्यक्रम पर्यटकहरुकालागि आकर्षणको केन्द्र भएको बताउँदै घोडा व्यवस्थापन समितिलाई पर्यटकहरुको सेवामा ईमान्दारिता पूर्वक काम गर्न अनुरोध गर्नुभयो ।
त्यस्तै कार्यक्रममा ९ नं वडा अध्यक्ष सुरेश मानन्धरले ऐतिहासिक संरक्षित वन काँक्रेविहारमा आन्तरिक तथा वाह्य पर्यटकहरुलाई काँक्रेविहार घुम्न सजिलो होस भन्ने हेतुले घोडा सवार कार्यक्रमको शुभारम्भ गरेको बताउनुभयो ।
उहाँले भन्नुभयो । “अहिले २ वटा घोडाले काँक्रेविहारको विभिन्न स्थानमा सशुल्क घुम्ने व्यवस्था मिलाएको छ आवश्यकता अनुसार व्यवस्थपन समितिले घोडा थप गर्ने छ । पर्यटक आएपछि केवल काँक्रेविहारको भग्नावशेष मात्र हेर्ने गरेकोको मा अव घोडा सवारबाट जंगलसफारी पनि गर्न सकिने छ ।”
घोडा सवार कार्यक्रमले यूवाहरुमा रोजगार पनि हुने र पर्यटकहरुलाई काँक्रेविहार घुम्न सहज पनि हुनेछ । वडा अध्यक्ष मानन्धरले बताउनुभयो ।
Milan Shrestha । ३० असार २०७६, सोमबार १९:५९ बजे