प्रतिकुल मौसमलाई पनि अनुकुल बनाएर तरकारी उत्पादन


सुर्खेत, १३ असार । सुर्खेतको वीरेन्द्रनगर नगरपालिका—२५ कोलडाँडामा १ करोड २० लाख रुपैयाको लगानीमा अर्गानिक तरकारी फर्म संचालनमा आएको छ । आर्गनिक तरकारी उत्पादन गर्ने उदेश्यले नेपालमै पहिलो पटक आधुनिक ग्रीन हाउस (टप नेचुरल भेन्टिलेसन) निर्माण गरिएको छ ।

इन्द्र्णी एग्रोफर्मले संचालनमा ल्याएको ग्रीन हाउमा तीन सिजनमा तरकारी उत्पादन हुने र्फम संचालक काशीचन्द्र वरालले वताए । 20160224_124232 (1)२०६९ साल फागुन महिनावाट निर्माण थालिएको फर्ममा अहिले टमाटर, काँक्रा, भेडेख्रोसानी उत्पादन गरिएको छ ।

तापक्रम सन्तुलन गरी आर्गनिक तरकारी उत्पादन गर्न टर्नेलहरु निर्माण गरिएको छ । ५ वटा टर्नेल मध्ये ४ वटामा १२ हजार विरुवावाट तरकारी फलाउन सकिने र एउटा टर्नेलमा विरुवा उत्पादन गरिने संचालन वरालले जानकारी दिए ।

ग्रीन हाउसवाट वार्षिक ५४ लाख रुपैयाको तरकारी उत्पादन गर्ने लक्ष्य रहेको उनले उल्लेख गरे । ‘यो नेपालमै पहिलो पटक निर्माण गरिएको अत्याधुनिक प्रविधि जडित तरकारी फर्म हो वरालले भने जिरो बजेट, कृषि पद्धति मार्फत जीवाअमृत मल र जैविक विषाधीको मात्र प्रयोग गरिन्छ । ’

ग्रीन हाउटमा थोपा सिचाई हुने र रासायणिक मलको प्रयोय भने हुदैन । प्रतिकुल मौसमलाई पनि अनुकुल बनाएर तरकारी खेती गर्न सकिने प्रविधी जडान गरएको छ । टर्नेलमा एक पटक विरुवा रोपेपछि वाह्रै महिना तरकारी फलाउन सकिन्छ ।
विदेशमा जाने युवाहरुलाई स्वदेशमै रोजगारीका अवसर सृजना गर्न सकिन्छ भन्ने हेतुले नौलो काम गरेको वरालले बताए । उनले भने सहकारीवाट भ्रमण गर्ने थाइलेण्ड लगायतका विभिन्न देशको भ्रमण गर्ने अवसार मिल्यो, ति देशहरुमा यस्ता फर्म देखेपछि नेपालमै पनि केही गर्न सकिन्छ भनेर तरकारी खेतीमा हात हालेको हुँ ।

20160224_124535-560x420

जति उत्पादन गरेपनि सुर्खेतमा बजारको समस्या छैन । ग्रीन हाउसमा एक सिजनमा १ लाख ८० हजार किलो टमाटर र २ लाख किलो काँक्रा उत्पादन हुन्छ । ५४ लाख आम्दानी मध्ये सवै खर्च कटाएर वार्षिक ४४ लाख रुपैया चोखो आम्दानी हुने बताएको छ । कालिकोटको फुकोट गाविसका ४४ वर्षिय बराल २०५४ सालमा गाविस अध्यक्ष हुदै कान्तिपुर दैनिकमा समेत काम गरेका थिए ।

माओवादी आन्दोलनको वेला भुमिगत हुनु भएका उनीले पछिल्लो समय व्यवसायीक तरकारी खेती नै आफनो लक्ष्य रहेको उल्लेख गरे । ग्रीन हाउस वरीपरी रहेको वस्तीमा रहेका २ वटा समुहसगँ आवद्ध किसानलाई तरकारी उत्पादन र बजार व्यवस्थापनमा समेत सहयोग गदै आउनु भएको छ ।

ग्रीन हाउस निर्माणको लागि साना तथा मझौला कृष आयस्रत बृद्धि आयोजनाले ३८ लाख ४४ हजार अनुदान दिने उनले वताए । ग्रीन हाउसले फुल तरकारी उत्पादन थाले वाहिरवाट सुर्खेतमा तरकारीको आयात आधाले रोकिने बताएको छ ।

साभारः राराखबर अनलाइन