सुर्खेतको लाटीकोइलीमा आज शनिवार स्थानिय लाटीकोईलीका युवाहरुले लाखे नाँच प्रदर्शन गरेका छन् । लाटीकोइली स्थित शिवबिहार पुस्तकालयले लाखे नाँचको प्रवर्धन गरेको पुस्तकालयका कोषाध्यक्ष सुरेश मानन्धरले बताउनुभयो । वि.सं. २०२९ सालमा बयलकांडा–गोेठीकांडाको बसाई वीरेन्द्रनगर झरे संगै परम्परागत रुपमा वीरेन्द्रनगरको गणेशचौक, गुप्तीपुर र लाटीकोईलीमा देखाउदै आईरहेको लाखे नाँच हाल आएर लाटीकोईलीका स्थानिय युवाहरुले गठेमंगलको दिन देखि औपचारिक रुपमा नचाउदै आईरहेका कोषाध्यक्ष मानन्धरले जानकारी दिनुभयो । यो नाँच कृष्ण जन्माष्टमीको भोलीपल्ट कृष्ण भगवानको रुप भएका कृष्णबाट लाखेको बध गरेर समाप्त हुने चलन सुर्खेतमा रहेको छ ।



Milan Shrestha । २९ श्रावण २०७३, शनिबार १३:०२ बजे