२४ मंसीर, सुर्खेत । कर्णाली प्रदेशका प्रदेश प्रमुख तिलक परियारले ७५ औं अन्तराष्ट्रिय मानव अधिकार दिवसको उपलक्ष्यमा कर्णालीवासी लगायत स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदि बहिनी तथा दाजुभाइ हरुलाई हार्दिक शुभकामना व्यक्क्त गर्नुभएको छ ।
शुभकामना सन्देशमा प्रमुख परियारले मानव अधिकारलाई शान्ति र विकासको मूल आधारको रूपमा स्वीकार गर्दै संयुक्त राष्ट्र संघको महासभाले १० डिसेम्बर १९४८ का दिन मानव अधिकारको विश्वव्यापी घोषणापत्र जारी गरेको थियो । त्यसै दिनको सम्झनामा विश्वव्यापी रूपमा यो दिवस मनाइने गरेको कुरा सबैलाई विदितै छ । मानवअधिकार घोषणापत्रले मानिसका जन्मसिद्ध एवं नैसर्गिक अधिकारहरुलाई मानव अधिकारका रुपमा परिभाषित गरेको छ । यही घोषणापत्र र संयुक्त राष्ट्र संघको बडापत्रलाई आधार मानेर मानव अधिकारका विविध पक्षहरुलाई समेट्ने गरी संयुक्त राष्ट्र संघद्धारा मानव अधिकारसम्बन्धी विभिन्न महासन्धि र अनुबन्धहरु जारी हुदै आएका छन ।
नेपालको संविधान २०७२ ले संघियता ,धर्मनिरपेक्षता ,गणतन्त्र ,समानुपातिक ,समावेशिता, संस्थागत हुनपुगेको छ । नेपालमा मानव अधिकारसम्बन्धी सबै महत्वपूर्ण महासन्धि र अनुबन्धहरुको पक्ष राष्ट्र बनिसकेको छ । नेपालको संविधानले मानव अधिकारको सम्मान, संरक्षण, सम्वर्द्धन र प्रभावकारी कार्यान्वयनको सुनिश्चिततालाई जोड दिएको छ । संविधान र कानूनद्धारा प्रदत्त आधारभूत मानव अधिकारको प्रत्याभूतिका लागि मुलुकमा विभिन्न संस्थागत संरचनाहरु तथा नितिगत एवम् कानूनी व्यवस्थाहरु गरिएका छन् । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता, भौगोलिक अखण्डता र स्वाधिनतालाई अक्षुण्ण राख्दै मौलिक हक तथा मानव अधिकारको संरक्षण र सम्वर्द्धनसम्वन्धी नितिहरुको क्रमश कार्यान्वयन गर्दै नेपाललाई समृद्ध तथा समुन्नत बनाउने कार्यलाई राज्यको दायित्वको रुपमा स्थापित गरिएको छ ।
मानव अधिकारको सम्मान, संरक्षण र प्रवर्द्धनमा ठोस योगदानको लागि संविधानले राष्ट्रिय मानव अधिकार आयोग लगायतका संवैधानिक तथा कानूनी निकायको व्यवस्था गर्नु आफैमा सन्तोषको विषय हो । यसै परिप्रेक्षमा सत्यनिरुपण तथा मेलमिलाप आयोग र वेपत्ता छानविन आयोग समेत गठन भई क्रियाशील रहेका छन्। यसप्रकारका कार्यले हामीलाई नेपालमा मानव अधिकारको यथोचित सम्मान, संरक्षण र प्रवर्द्धनको प्रक्रियालाई अझ सुदृढ बनाउन मार्ग प्रशस्त गरेको छ । अन्तमा, अन्तराष्ट्रिय मानव अधिकार दिवस (१० डिसेम्बर) को उपलक्ष्यमा कर्णालीवासी लगायत स्वदेश र विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदी बहिनी तथा दाजुभाईहरुमा मानव अधिकारको पूर्ण उपभोग गर्दै मर्यादित र सुखी जीवनको शुभकामना दिन चाहन्छु । उल्लेख गरिएको छ ।




Prawash Kumar Shakya । २४ मंसिर २०८०, आईतवार ०७:०८ बजे