महिनाको दुई दिन सडक सरसफाइका लागि छुट्टयाए —मुख्यमन्त्री शाहीले


कृष्णराज धमाला
फागुन १२, सुर्खेत ।
प्रदेश नम्बर ६ का मुख्यमन्त्री महेन्द्रबहादुर शाही हातमा कुचो समातेर सडकको सफाइमा जुटेका छन् । प्रदेश ६ को अस्थायी राजधानी सुर्खेत बजारको सरसफाई कार्यक्रममा शनिबार बिहान शाही सररफाइमा सहभागी भएका हन् । मुख्यमन्त्री शाहीले सडकका नाली समेत सफा गरेकाछन् ।

ठुलाबडाहरुले बसी रहने, अरुले मात्रै काम गर्ने परम्पराको अन्त्यको आरम्भ हो भन्दै मुख्यमन्त्री शाहीले काम सानो र ठूलो भन्ने हुँदैन, सरसफाइमा सबै उत्तिकै कर्तव्यनिष्ट भएर लाग्नु पर्छ भने । मुख्यमन्त्री शाहीले थपे हरेक महिनामा दुई दिन सरसफाई कार्यक्रममा सहभागी हुनेछु ।