लाटीकोइलीमा पिपलपानी अर्पण स्थल संचालनमा


३० कार्तिक, सुर्खेत । वीरेन्द्रनगर सुर्खेतको पर्यटकिय वडा ९ न‌ं. वडामा आज एक कार्यक्रमका वीच पिपल पानी अर्पण स्थल संचालन गरिएको छ ।

पिपल अर्पण स्थलको शुभारम्भ गर्दै ९ नं. वडा अध्यक्ष सुरेश मानन्धरले वडामा अब मृत्यु संस्कारको ११औं दिनमा गरिने पिपल पानी अर्पण गर्न अव वडाबासीलाई सहज हुने बताउनुभयो ।

लाटीकोइली स्थित शिव मन्दिर पछाडी खोर्के खोला र गोरे खाकल खोलाको दोभानमा स्थलको निर्माण उपत्यका नगर विकास समितिको आर्थिक सहयोग तथा ९ न‌ं वडाको समन्वयमा निर्माण सम्पन्न भएको समितिका पूर्व अध्यक्ष नारायण कोइरालाले जानकारी दिनुभयो ।

करिब २ लाखको लागतमा पिपलपानी अर्पण स्थल निर्माण सम्पन्न गरिएको उपभोक्ता निर्माण समितिका अध्यक्ष दलबहादुर खत्रीले बताउनुभयो ।