“Run For A Cause” कार्यक्रम सम्पन्न (भिडियो सहित)


१४ मंसीर, सुर्खेत । तनाव छ जिन्दगी फाउण्डेशनको आयोजनामा आज सुर्खेतको काँक्रेविहारमा “Run For A Cause” कार्यक्रम सम्पन्न भएको छ ।

२०० दुइसय सहभागी कार्यक्रममा सहभागीहरुले काँक्रेविहारको गेट देखि मुख्य स्थान सम्म दौड दै सहभागिता जनाएका थिए । कार्यक्रममा हौसला प्रदान गर्नकालागि कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढा पनि सहभागी हुनभएको थियो ।

कार्यक्रममा वीरेन्द्रनगर नगरपालिका वडा नं. ९ का वडा अध्यक्ष सुरेश मानन्धरले १३ औं शताब्दीमा निर्मित काँक्रेविहारमा भ्रमण बर्ष २०२०लाई लक्षित गर्दै घरवार विहिनबालबालिकाको क्षेत्रमा हित हुने गरि कार्यक्रमको आयोजना गरेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गर्नुभयो । साथै उहाँले चाँडै नै काँक्रेविहारमा “मिनि जु” (चिडियाखान) वडाले संचालन गर्न लागेको जानकारी दिनुभयो ।

कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले असाहय असक्त एवं घरवारविहिन बालबालिका लगाएत मानवताको सेवामा लागि परेकोमा तनाव छ जिन्दगी फाउण्डेशनको कार्यको प्रशंसा गर्नुभयो । उहाँले आउँदै गरेको नेपाल सरकारको भ्रमण बर्ष २०२० एवं कर्णाली सरकारको कर्णाली भ्रमण बर्ष सफल बनाउनकालागि सम्पूर्ण सक्रिय सहभागीता जनाइ कर्णाली सरकारले लिएको भ्रमण बर्ष भरि १ लाख पर्यटक भित्र्याउने लक्ष्यलाई सकार पार्न आग्रह गर्नुभयो ।

कार्यक्रमबाट संकलित रकम घरबार विहिन बालबालिकाको हित सहयोग हुने गरि कार्यक्रमको आयोजना गरिएको तनाव छ जिन्दगी फाउण्डेशनका अध्यक्ष संजय योगीले बताउँदै चाँडै कार्यक्रमको आयव्यय विवरण सार्वजनिक गरिने जानकारी दिनुभयो ।

मोटे ग्याङ्ग नेपालका एडमिन कुमार शम्सेर थापाले संचालन गर्नुभएको कार्यक्रममा विभिन्न संघसंस्थाहरुले सहयोग गरेका थिए ।