दैलेख शिरस्थान सडक कालोपत्रेको अन्तिम चरणमा


सडकको अनुगमन गर्दे वडा अध्यक्ष तिर्थनारायण श्रेष्ठ ।

मिलन श्रेष्ठ
पुस,९ दैलेख । नारायण नगरपालीका वडा नं.१का वडा अध्यक्ष तिर्थ नारायण श्रेष्ठले आफु समग्र दैलेखको बिकास निर्माणमा लागी पर्ने कुरा बताउनु भएको छ । दैलेख देखि शिरस्थान जाने बाटो निर्माण कार्यक्रको अनुगमन गर्ने क्रममा उक्त कुरा बताउनु भएको हो ।


श्रेष्ठका अनुशार सरकारले सुरु गर्न लागेको पर्यटन बर्ष २०२० लाई पनि सफल गराउनका लागि निर्माणाधिन सडकले पनि सहयोग पुुग्नु्ुका साथै कर्णालीको पर्यटन प्रवद्धनमा महत्वपूूर्ण भूूमिका खेल्ले अपेक्षा गरिएको छ । उहाँले भन्नुुभयो, कर्णालीको समग्र पर्यटकीय क्षेत्रको प्रचारप्रसारका साथै नयाँ पर्यटकीय गन्तब्यको रुपमा दैलेख जिल्लामा रहेको विभिन्न धार्मिक एवंम् पुरातात्वीक स्थान र बस्तुहरुले पहिचान देशभर हुने छ ।


कर्णाली सरकारले पर्यटन २०२० मा एक लाख बाह्य पर्यटकहरुलाई कर्णालीमा भित्रयाउने लक्ष्यलाई पुरा गराउने उद्धेश्यका अनुशार दैलेख जिल्लामा आगन गरी यहां रहेको ज्वालाजीहरुको दर्शन गर्ने क्रममा उहांहरुलाई जुन सुकै समयमा पनि सहजता होस भन्ने उद्धेश्यका साथ निर्माण गरिएको यस सडकले पक्कै पनि महत्वपूूर्ण कोशेढुुङ्गा सावित हुुने बिश्वास लिएका छौँ ।’