भेरी नदीमा बालक बगेर बेपत्ता


bisal-kc-696x792जाजरकोट १९ असार । जाजरकोटमा एक बालक भेरी नदीमा बगेर बेपत्ता भएका छन् । भेरीमालिका नगरपालिका ४ का ९ वर्षीय विशाल खत्री आइतवार दिउँसो भेरीनदीमा बगेर वेपत्ता भएका हुन ।
सदरमुकाम खलंगासँग जोडिएको युरीबाट साथीहरुसँग भेरीमा पौडी खेल्ने क्रममा खत्री बगेर बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय जाजरकोटले जनाएको छ । खत्रीको खोजीकार्य भैरहेको प्रहरी निरीक्षक सुवास भट्टले बताए ।
भेरीमालीका नगरपालीका ४ को धल्ला नजिकको भेरी नदिको कुइरी तालमा पौडी खेलिरहेका वेला विशाल वेपत्ता भएको उनका साथीहरुले वताएका छन ।
सवै साथीहरु सगै पौडी खेल्दै गर्दा एक्कासी विशाल वेपत्ता भएको उनका साथी सविता केसीले जानकारी दिइन । आफुसगै पौडी खेलीरहेको विशालका साथीहरु लाई एकै चोटी मलाई वचाउ भन्दा विशाल वगेको थाहा भएको उनले वताइन ।

साभारः राराखबर अनलाइन