सुर्खेतमा पनि खुल्यो कपडा बैंक


३२ श्रावण, सुर्खेत । देशको विभिन्न ठाँउहरुमा खुलिरहेको कपडा बैंक कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको मंगलगढी चौकमा पनि आजबाट कपडा बैंक खोलिएको छ ।

वीरेन्द्रनगर नगरपालिका सुर्खेतको सहयोगमा कर्णाली प्रदेशमा चर्चित सामाजिक सञ्जाल समूह मोटे ग्याङ्ग नेपाल, समाजिक सञ्जाल समूह MRR, भैरव यूवा ससक्तिकरण सुर्खेत, हाम्रो यूथ क्लव सुर्खेत, लायन्स क्लव अफ कर्णाली, न्यू विशाल ईन्जिनियरिङ्ग वर्कसप सुर्खेत समुदाय-प्रहरी साझेदारी सुर्खेतको सहकार्यमा उज्यालो जीवनको आयोजनामा Collection Bank For All नाममा स्वेच्छिक संकलन तथा वितरण केन्द्रको शुरुवात गरिएको मोटे ग्याङ्ग नेपाल समूहका एडमिन कुमार सम्सेर थापाले जानकारी दिनुभयो ।

संकलन केन्द्रमा जो कोहीले पनि आफू संग भएको अरुलाई काम लाग्ने कपडा, जुत्ताचप्पलहरु दान दिन सकिने र आवश्यक भएकाहरुले सजिलै लैजान सकिने बताइएको छ ।

कार्यक्रमको शुभारम्भ वीरेन्द्रनगर नगरपालिकाका नगरप्रमुख देवकुमार सुवेदी, वीरेन्द्रनगर नगरपालिका ९ नं. वडा अध्यक्ष सुरेश मानन्धर र  जिल्ला प्रहरी प्रमुख एसपी बसन्त रजौरेले गर्नुभएको हाम्रो यूथ क्लवका अध्यक्ष कमल लामिछाने शर्माले बताउनुभयो ।