दैलेख नगरपालिकाद्धारा सर्वसाधारणका लागी आगो ताप्ने यवस्था


नगरपालिकाद्धारा आगो ताप्ने व्यस्थापन गरेपश्चात आगो ताप्दै सर्वसाधरणहरु ।

पुस,दैलेख । पश्चिमी वायु सक्रिय हुंदा दैलेखमा अत्याधिक चिसो बढेको छ । पश्चिमी वायुले भित्राएको न्यूनचापीय प्रणालीका कारण केही दिनदेखि दैलेख जिल्ला लगाएत देशै भर वर्षा सहित चिसोमा बृद्धि भइरहेको छ । चिसोका कारण यहांको जनजीवन दिनानुदिन कष्टकर बन्दै गईरहेको छ भने चिसोका कारण स्थानिय बजार र केहि बिधालयहरु बन्द हुने अवस्था भएपछि यहांको नारायण नगरपालिकाले विभिन्न सार्वजनिक स्थानहरुमा दाउरा बालेर सर्वसाधरण लगाएत बाटोमा यात्रा गर्नेहरुका लागी आगो ताप्ने व्यवस्था गरको छ ।

स्थानियहरुलाई चिसोबाट बच्नका लागी यहांका विभिन्न स्थानिय कांडाचौर, गणेशस्थान, देकेन्द्रचौक, चारखम्बा, देवकोटा चौक, नगरपालिका अगाडि, टुडिंखेल र पुराना बजारका धेरै स्थानमा दाउरा बालेर आगो ताप्ने व्यवस्था मिलाइएको हो ।

चिसोका कारण जनजीवन प्रभावित भएपछि नगरपालिकाले दाउरा वितरण गरेर आगो ताप्ने व्यवस्था गरिएको नगरका मेयर रत्नबहादुर खड्काले जानकारी दिनुभयो । खड्काका अनुशार, चिसो कम नहुने बेला सम्म दिनभर सर्वसाधारणलाई आगो ताप्ने व्यवस्था मिलाएका छौं ।