करिब ८ सय व्यापारीहरुले कोभिडको खोप लगाए


१६ श्रावण, सुर्खेत । कोरोना भाइरस कोभिड १९ को महामारीले थलिएको व्यावसायीक क्षेत्रकालाई आज कोभिडको भ्याक्सिन लगाइए ।

सुर्खेत उद्योग बाणिज्य संघको पहलमा आज वीरेन्द्रनगरका करिब ८ सय जना व्यापारीहरुलाई कोभिडको खोप लगाइएको संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिनुभयो ।

महासंघका महासचिव कँडेल भन्नुहुन्छ “मानिसहरुको प्रत्यक्ष भेटघाट हुने व्यावसायीहरुलाई खोप लगाइनुपर्छ भन्ने मागलाई पूरा गर्नकालागि आज करिब ८ सय जना व्यापारी साथीहरुलाई हामीले कोभिडको भ्याक्सिन लगाउन सफल भएका छौं । अब हामी भ्याक्सिन लगाउन बाँकी रहेका व्यापारीहरुकालागि पनि पहल गर्ने छौ ।”

त्यस्तै वीरेन्द्रनगर नगरपालिका स्वास्थ्य शाखाका भूपेन्द्रदेव गिरीले हिजो मात्र करिब १३ सय जनालाई भ्याक्सिन लगाइएको बताउनुभयो । उहाँ भन्नुहुन्छ “भ्याक्सिन लगाउन पाइदैन कि भनेर आत्तिन पर्दै हामी सबै नागरिकलाई खोप लगाउनुपर्छ मान्यताका साथ काम गरिरहेका छौ समयानुसार सबै नागरिकले खोप लगाउन पाउनुहुन्छ ।”