बौद्ध सरोवर निर्माणकालागि धम्मदेशना हुने


१ माघ, सुर्खेत । कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर सुर्खेतको बुद्धपथमा स्थापना गर्न लागिएको बुद्ध सरोवरकोलागि यही माघ ३ गतेबाट ११ गते ९ दिन सम्म धार्मिक प्रवचन कार्यक्रममको आयोजना गरिने भएको छ ।

आज (बुधबार) वीरेन्द्रनगर सुर्खेतमा पत्रकार सम्मेलनको आयोजना गर्दै बुद्ध सरोवर व्यवस्थापन समितिले धार्मिक दान कार्यक्रमको आयोजना गरिने जनाएको हो ।

सम्मेलनमा बुद्ध सरोवर व्यवस्थापन समितिका अध्यक्ष पञ्च सिंह रोकाय खाम्पाले बुद्ध सरोवर निमार्णका लागी अनुमानित बजेट ९ करोड देखि ११ करोड लाग्ने उहाँले बताउँदै धर्ममा आस्थावानले दान गरेको रकमबाट छिटै सरोवर निमार्णको काम सञ्चालन गर्ने उहाँले जानकारी दिनुभयो ।

यस्तै बुद्ध सरोवर व्यवस्थापन समितिका महासचिव जीवनकुमार शाक्यले कार्यक्रममा बौद्ध धर्मगुरु प्रेमदोर्जे लामा भिक्षु धम्म सागरले देशना दिनुहुने बताउनुभयो । उहाँले भन्नुभयो यो अभियानमा प्रत्येक एक ब्यक्तिबाट एक सय रुपैया दान अभियान संचालन गरि आर्थिक संकलन गर्ने गरिनेछ । यस्तै दान गर्ने ब्यक्तिहरुलाई रकम अनुसारको सम्मान पनि गरिने उहाँले बताउनु भएको छ ।

बुद्ध सरोवरका आजीवन सदस्यहरुलाई प्रत्येकले ३ हजार दान गर्न पर्ने छ भने अन्य ईच्छुक ब्यक्तीलाई रकम अनुसार सम्मान गरिने अभियानका महासचिव शाक्यले बताउनुभयो । उहाँले भन्नभयो “सरोवरमा ३५ फिटको बौद्धि झण्डा अनुरुप पानीको फोहोर पाँच रंगको र धर्म जप माला १०८ दाना हुने हुदाँ १०८ फिटको बुद्धको मूर्ति नेपालमा पहिलो हुनेछ ।”

फोटोः जगतदल जनाला विक