मेलविन जोन्स डे को अवसरमा सामाग्री बितरण


भावना हमाल माघ २ दैलेख

दैलेखमा शैक्षिक सामग्रीहरू व्यवस्थित र सुरक्षित राख्नका लागि दराज (र्‍याक) हस्तान्तरण कार्यक्रम सम्पन्न भएको छ ।लायन्स क्लब दैलेखको आयोजनामा उक्त कार्यक्रम भएको हो । अन्तर्राष्ट्रिय लायन्स क्लबका संस्थापक मेलविन जोन्स को १४१ औँ जन्म जयन्ती को अवसरमा साप्ताहिक कार्यक्रम अन्तर्गत विभिन्न स्कूलहरूमा ४८ हजार रकम बराबरको सैक्षिक सामग्रीहरू वितरण गरिएको छ ।

दैलेख जिल्लामा रहेका वसन्त माध्यमिक विद्यालय किमुगाउँ , रेडक्रस माध्यमिक विद्यालय, महेन्द्र माध्यमिक विद्यालय, जनता निम्न माध्यमिक विद्यालय र समता बोर्डिङ स्कुलमा १। १ थान दराज (¥याक) वितरण गरिएको छ ।
कार्यक्रममा ए ओ जी वासना थापाले दैलेख जिल्लालाई स्वागत गर्न गेट निर्माण गरिसकेको साथै विद्यार्थीहरूको लागि अत्यावश्यक सामानहरू सुरक्षित राख्नको लागि वितरण गरिएको दराज ले महत्वपूर्ण भूमिका खेल्ने बताइन ।

नगेन्द्र केसी को अध्यक्षतामा सम्पन्न भएको उक्त कार्यक्रम लायन्स क्लब दैलेखको सचिव तिर्थ जि सि ले संचालन गरेका थिए ।