
२१ असार, सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेत जिल्लामा अवस्थीत नेपालकै पहिलो संरक्षित वन काँक्रेबिहारमा आज सरसफाई गरिएको छ ।
विगत लामो समय देखि काँक्रेबिहार क्षेत्रलाई संरक्षण गर्दे आईरहेको काँक्रेबिहार महिला संरक्षण समिति, स्थाई प्रहरी बिट वीरेन्द्रनगर वडा नं. ०९, परिवर्तन युवा समुह र वनको सशस्त्र सुरक्षा शाखाले संयुक्त रुपमा काँक्रेबिहार सरसफाई गरेका हुन् ।
बर्षा समय शुरु भएसंगै त्यस क्षेत्रमा घांस र परजातीका बोट बिरुवाहरु बढ्दै गएपछि सरसफाई गरिएको हो । यति मात्र नभई पर्यटकीय क्षेत्रमा आवातजावत गर्नेहरुका लागि कुनै अवरोध नहोस् उद्देश्का साथ महिला संरक्षण समिति, स्थाई प्रहरी बिट, परिवर्तन युवा समुह र वनको सशस्त्र सुरक्षा शाखाले वनलाई सरसफाई गरेको हो ।
स्थाई प्रहरी बिटका प्रहरी हवल्दार बीरबहादुर बुढाथोकीका अनुसार प्रहरीहरु निति नियममा बस्ने मात्र भन्नु भन्दा पनि प्रहरीहरुको समाजप्रतिको जिम्मेवार उत्तरदायित्व धेरै छ र सामाजिक हरेका व्यक्तिरुको समस्यामा साथ दिनु प्रहरीको भएको हुँदा सरसफाईमा लागेको बताउनु भयो ।
परिवर्तन युवा समुहका अध्यक्ष दुष्यन्त गाौतमका अनुसार युवाहरुले समाजलाई नै परिवर्तन गर्ने सक्ने क्षमता राख्ने भएको हुँदा आफुहरुले पनि सरसफाईमा सहयोग गरेको बताउनु भयो । गौतमले भन्नुभयो “समाजमा हुने गरेका हरेक गलत गतिविधिहरु माथी निगरानीका साथ उक्त कार्यलाई निरुत्साहित गर्नुका साथै युवाहरु विभिन्न वहानामा कुलतमा लागेका युवाहरुलाई रोक्नका लागी आफुहरुले युवा समुह गठन गरेको र यसबाट धेरै कार्य गर्न बाँकी रहेको छ ।”
काँक्रेबिहार महिला संरक्षण समितिका अध्यक्ष तारा रास्कोटीले वनविनाश रोकथाम, बृक्षारोपण जस्ता कार्यक्रमहरु गर्नुका साथै अग्नी नियन्त्रण रेखा बनाउने देखि लिएर वन भित्र बसोवास गर्ने जंगली जनावरहरुलाई मानवबाट र मानवहरुलाई जंगली जनावरबाट कुनै पनि किसिमको समस्या नहोस् र जंगलमा आवातजावत गर्दा पारदर्शी रुपमा सबै देखियो भन्ने उद्देँगश्यले पनि सरसफाई गरिएको बताउनु भयो ।
Milan Shrestha । २१ असार २०७९, मंगलवार १७:१२ बजे